सुनिल गिरीको जुम्ला बोलको गीत सार्वजनिक (भिडियोसहित)

जुम्ला: गायक तथा सर्जक सुनिल गिरीको जुम्ला बोलको गीत सार्वजनिक भएको छ । गीतमा अमन निलसागर र सुनिल गिरीको शब्द सिर्जना रहेको छ । शिशिर खातीले निर्देशन गरेको गीतको कथा र कन्सेप्ट गिरी कै रहेको छ ।

संगीत संयोजन समेत गिरीको रहेको छ । गीतमा सहायक गायकका रुपमा किशोर विश्वकर्मा युवराज मगर रहेका छन् । गीतमा अभिनय मिस पबी र रोशन केसीको रहेको छ ।

यो गीत जुम्लामा छायांकन गरिएको छ । जुम्लाको प्राकृतिक वातावरण, जुम्लाको स्याउ तथा अन्य कुरामा मायाका कुरा गीतले बोल्छन् । जुम्लाका चौधविस, सिंजा, गुठीचौर तथा अन्य क्षेत्रमा समावेश गरिएको छ ।