दुर्गम जिल्ला हुम्लामा स्रोत र साधन अभावनमा जटिल सुत्केरीको सफल शल्यक्रिया गर्न सफल भएको जिल्ला अस्पतालका एमडीजीबी डाक्टर हेमबिक्रम शाहीले जानकारी दिए ।
सिमकोट गाउँपालिका –२ ठेहे गाउँकी २२ वर्षकी आशा परियारको जटिल शल्यक्रिया गरिएको हो ।आर्थिक रूपमा कमजोर भएकी परियारलाई ब्लडको समस्या थियो ।
‘शल्यक्रिया गर्न नेपालगन्ज ,सुर्खेेत जानुपर्न भएको भए लाखौं रकम खर्च हुन्थ्यो,’ सुत्केरी परियारले भनिन् ।
पुस २९ गते अस्पतालमा भर्ना भएको थिए यतै शल्यक्रिया भयो परियारले बताइन् । परियारले जुम्ल्याहा दुई छोरी जन्माएकी छन् ।
जिल्लामा विशेषज्ञ डाक्टर र उपकरण नहुँदा बिरामीलाई जिल्लाबाहिर रिफर गर्नुपर्ने बाध्यता थियो ।
जुम्ला दर्पण । ५ माघ २०८१, शनिबार १५:४५