नेपालगन्ज : ११औँ संस्करणको धारा नेपालगञ्ज म्याराथनको उपाधि नेपाली सेनाका खड्क बहादुर खड्का र पूर्णलक्ष्मी न्यौपानेले जितेका छन् । शनिबार नेपालगञ्जमा सम्पन्न म्याराथनमा पुरुषतर्फ खड्का र महिलातर्फ न्यौपानेले उपाधि जितेका हुन् । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ सेकेन्डमा दुुरी पुरा गरे । नेपाली सेना खड्कले लगातार यो उपाधि जितेका हुन् । समग्रमा नेपालगन्ज म्याराथनको विजेता ट्रफीमा ह्याट्रिक गरेका हुन् । यसमा नेपाली सेनाकै सुशीलकुमार शाही दोस्रो, नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की तेस्रो स्थान हासिल गर्न सफल भए ।

हाफ म्याराथन महिला २१ किमीतर्फ सेनाकी पुर्ण राज्यलक्ष्मीले एक घण्टा २१ मिनेट, २७ सेकेन्डमा निर्धारित दुरी पुरा गरी प्रथम स्थान हासिल गरिन् । पूर्णलक्ष्मीको यो दोस्रो उपाधि हो । यसअघि उनले पाँचौं संस्करणमा उपाधि जितेकी थिइन् । नेपाल एपीएफ क्लबकी फुलमती रानाले १ः२७ः२२ घण्टा, जुम्लाकी सुनदेवी बुढाले १ः२७.३९ घण्टा, पुष्पा आचार्यले १ः३५.०१ घण्टा, अमिता राईले १ः४७.२९ घण्टा समय निकाल्दै शीर्ष पाँच स्थान हासिल गरे । पुरुषतर्फ प्रथम भएका खड्काले नगद् २ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे । महिलातर्फ भने प्रथमले ७५ हजार, दोस्रो हुनेले ५० हजार, तेस्रो हुनेले २५ हजार, चौथो स्थान हासिल गर्नेले १५ हजार र पाँचौ स्थान हासिल गर्नेले १० हजार नगद पदकले पुरस्कत भए ।
१० किलोमिटर रोड रेसमा पुरुषतर्फ नेपाल पुलिस क्लबका नागेश्वर अहिर प्रथम, नेपाल एपीएफ क्लबका रुपेश कार्की दोस्रो,महिलातर्फ कल्पना बुढा प्रथम, दीपा परियार दोस्रो र सुनदेवी बुढाले तेस्रो स्थान हासिल गरेका छन् । नेपालगन्ज म्याराथन आयोजक कमिटीले यसबर्षदेखि विद्यालयस्तरमा दौडको लोकप्रियता बढाउन स्थापना गरेको ‘नेपालगन्ज ट्रफी’ यसबर्ष एन्जल्स स्कुलले हात पारेको छ । सर्वाधिक दर्ता गराउने विद्यालयलाई यो ट्रफीबाट सम्मानित गर्ने आयोजक कमिटीको पुर्वनिर्धारित निर्णयअनुसार एन्जल्स स्कुल छनोटमा परेको हो ।

जुम्ला दर्पण । ७ मंसिर २०८२, शनिबार १६:२१