नन्द्रप्रसाद चौलागाई : प्रधानपञ्चका छोरादेखि ‘तातोपानीका प्रथम पुरुष’सम्म

 समाज सेवा नै धर्म हो । त्यो पनि निःशुल्क सेवा । यो सेवाबाट भनेको आर्शिवाद हो । राजनीतिक परिवारमा जन्मिएका नन्द्रप्रसाद चौलागाईले यहिँ सेवा रोजे । समाजमा हुने अनेक समस्यामा उनी जहिलेपनि अग्रस्थानमा नै रहे  कुलो, वन, पानीका मुहानलगायत कारणले हुने झगडा मिलाउन उनी सधैँ तल्लिन हुन्थे ।

गाउँमै कसैले प्रहरीमा केस प¥यो भने सबै भन्दा अगाडि पुग्ने उनी नै थिए । चौलागाईको जीवन नै अरुको सेवा मै समर्पित रहयो । समाजको सेवा गर्ने क्रममा एनजिओको जागिरे, विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, यातायात व्यवसायसँगै राजनीतिमा समेत सक्रिय बहुआयामिक व्यक्तिका धनी चौलागाई गत बैशाखमा ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनबाट तातोपानी गाउँपालिकाको अध्यक्ष निर्वाचित भए ।

तातोपानी गाउँपालिकाका जनताको अपार विस्वाससँगै अध्यक्षमा निर्वाचित चौलागाईको जन्म वि.स.२०२६ साउन १० गते बाबा मणिकृष्ण चौलागाईं र आमा बाचु चौलागाईं को कोख तत्कालीन लाम्रा गाविस हाल तातोपानी गाउँपालिका वडा नम्बर ५ मा भएको हो । चौलागाईं राजनीतिक पृष्ठभूमि भएको परिवारका सदस्य हुन्।

उनका बुबा मणिकृष्ण चौलागाईं तीन पटक गाउँ पञ्चायको अध्यक्ष, त्यसपछि प्रधानपञ्च, क्षेत्रीय सदस्य, किसान संगठनको अञ्चल सभापति र गाविस अध्यक्षसमेत भएका थिए। अहिलेपनि चौलागाई सभापतिका छोराका रुपमा चिनिन्छन् । चौलागाई समाज सेवा नै धर्म हो भन्ने आफ्ना बुबाको भनाइबाट आफू प्रेरित रहेको बताउँछन् । सोही अनुरुप उनले आफ्ना बुबाको बाटो समाउँदै लामो समय समाज सेवामा आफूलाई समर्पित गरे ।
उनी राजनीतिक यात्राको प्रारम्भतिर नेकपा एमालेमा आवद्ध थिए । २०४६ सालतिर नेकपा एमालेमा आवद्ध भएका थिए । त्यतिबेला नो फिल्डस् प्रा।लि। नामक संस्थामा दुई वर्ष जागिर गरे । एक दशक भन्दा बढी एनजिओमा जागिरे जीवन बिताएका चौलागाई आफूले २०५४ देखि २०४६ सालतिर नेकपा एमाले भएका उनले नो फिल्डस प्रालिमा दुई वर्ष जागिर पनि खाए। २०५४ देखि २०६३ सम्म आरसीडीएस भन्ने संस्थामा काम गरेको बताउँछन् । पछि पहिलो संविधान सभाको निर्वाचन भएको साल २०६४ मा नेपाली कांग्रेस पार्टीसँग जोडिए ।

्आफ्नो राजनीतिक आस्था अनुसार एमालेको नीति र व्यवहार नमिलेको तथा प्रजातान्त्रिक व्यवस्था नै उत्तम हुने उद्देश्यसहित आफूले कांग्रेस रोजेको उनले बताए । हाल नेपाली कांग्रेस जुम्लाको सहसचिव समेत रहेका चौलागाईले बैशाखमा सम्पन्न निर्वाचनमा सोही पार्टीबाट जितेका हुन् । उनी गएको जेठ ९ गतेसम्म तिला कर्णाली यातायात व्यवसायी संघमा आवद्ध थिए। उनी दुर्गा मावि लाम्राको विद्यालय व्यवस्थापन समितिको समेत दुई कार्यकाल भए ।

त्यहाँ रहदाँ उनले शैक्षिक गुणस्तर उकास्न निकै जोड गरेका थिए ।
हल उनी तातोपानी गाउँपालिकाको समृद्धि र विकासका लागि सक्रिय भएका छन् । आफ्नो कार्यकालको सय दिन पूरा गरेका छन् । यो बीचमा उनले जिल्लाका अन्य पालिका भन्दा फरक र जनमैत्री काम गर्ने जनप्रतिनिधिको रुपमा आफूलाई उभ्याएका छन् । उनमा राम्रो काम गर्ने हुटहुटी देखिएको छ ।

विगतमा समेत आफ्नो काममा सधै दत्तचित्त भएका लागेका उनले सय दिनको अवसरमा राम्रो सम्भावना देखाएका छन् । लोकप्रिय नीति तथा कार्यक्रम र बजेट समेत ल्याएका उनी जनताको सेवा आफ्नो प्रमुख दायित्य रहेको बताउँछन् ।
गाउँपालिकाले सय दिन पुगेको अवसरमा राम्रा कामहरुको सूचि सार्वनजनिक गरेको थियो । तातोपानी टाइम्सदेखि अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसँग कार्यसम्पादन सम्झौता गरेका उनले विकासमा समयको र प्रतिफलको महत्व हुने कुरामा आफू सचेत रहेको बताउँछन् ।

कार्यपालिकामा बहुमत नहुँदासमेत उनले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम सर्वसहमत रुपमा पारित गर्न सफल भए । तातोपानी टाइमस लागु भइ योजना कार्यान्वयनमा प्रभावकारिता देखिएको उनले बताए ।
पाँच शथ्याको आधारभुत अस्पतालको टेन्ड, गाउँपालिकामा खादा पूर्ण रुपमा बन्द गरिएको छ । तातोपानी गाउँपालिकाको आफ्नै एम्बुलेन्स सञ्चालनमा छ । आफू कार्यकालको पहिलो वर्षमा रहेको भन्दै सिक्दै अगाडी बढिरहेको उनले बताए ।

आफ्नो कामलाई अहिले नै मूल्यांकन गर्ने समय आइनसकेको भन्दै तातोपानी गाउँपालिकालाई समृद्ध पालिका बनाउनको लागिको सम्पूर्ण गाउँपालिकाबासीको सहयोग आवश्यक रहेकोमा जोड दिएका छन् ।