गुठीचाैर-४ मा झोलुङ्गे पुल शिलान्यास

रामप्रकाश विक,जुम्ला :
जिल्लाको गुठीचौर गाउँपालिका वड़ा नम्बर ४ मा रहेको तिला नदिमा निर्माण हुने झोलुङ्गे पुलको शिलान्यास गरिएको छ । गुठिचौर गाउँपालिका अध्यक्ष दान बहादुर बुढाले बिहीबार पुलको शिलान्यास गरेका हुन् ।

२०८०/०८१ को बजेट तथा निति कार्यक्रमबाट बजेटको व्यवस्थापन गरिएको उनको भनाइ छ । गुठिचौरको कार्य तीव्र रुपमा बढिरहेको उनले बताए । लामो समयदेखि आउजाउ गर्न समस्य भएको र पुल बनेपछि गुरु,मल पर्सो, बालिनाली बोकेर जान आउन सहज हुने अध्यक्ष बुढाले बताए ।

समृद्ध गुठीचौर बनाउन लागि विकास निर्माण कार्य तीव गतिमा अगाडि बढेको उनको भनाइ छ । यो भन्दा पहिला अधिकृत नहुँदा समस्या भएको र निमित्त प्रशासकीय अधिकृत आएसँगै काम तीव्र गतिमा बढेको भएको बताए ।

गुठीचौर गाँउपालिका-४ सत्यबादी माध्यमिक विद्यालयको पुर्व तर्फमा पुल निर्माण हुने भएको हो । धान रोप्ने जिउलोको रुपमा पारी पट्टी रहेको हुँदा आवत जावत गर्न सजिलो बनाउने उद्देश्यले सो ठाउँमा पुल निर्माण गर्न लागिएको हो।

पुलको लागत ४८ लाख रुपैयाँ रहेको गुठीचौर गाउँपालिका ४ का वडा अध्यक्ष टिकादत्त न्यौपानेले बताए । उनले गाउँपालिकाको ४३ लाख र ४ वडाको ५ लाखको लागतमा पुल बन्ने बताए ।

वडाको गौरवको आयोजनाको रुपमा रहेको यस झोलुङ्गे पुललाई समयमै गुणस्तरीय तवरले सम्पन्न गर्नुपर्नेमा जोड अध्यक्ष न्यौपानेले जोड दिए । शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि लगायत सर्वसाधारण सहभागी भएका थिए । अहिले विकास निर्माणका कार्य धमाधम भइरहेको छ ।