मुगु जिल्लाको शोरु गाउँपालिकामा जीप दुर्घटना चार जनाकाे घटनास्थलमै मृत्यु ।

जुम्ला । मुगु जिल्लाको शोरु गाउँपालिकामा जीप दुर्घटना हुँदा चार जनाकाे घटनास्थलमै मृत्यु भएकाे छ । भने ५ जना घाईते भएका छन् । मृत्यु हुनेमा चारैजना हुम्लाका रहेका छन् । सोरुकोट बाट मुगु जादै गरेको ग १ ज ७७,६२ नम्बरको जिप सिपको पहिरा भन्ने ठाउमा दुर्घटना भएको हाे ।

साेमबार साँझ मुगुकाे साेरुमा भएको बलेरो जिप दुर्घटनामा मृत्यु हुनेमा चारै जना हुम्लाकै भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक महेश वस्नेतले जानकारी दिए ।

‘चालक सहित ९ जना सवार उक्त जिप दुर्घटनामा मृत्यु हुने चारै जना हुम्लाका भएको सनाखत भएको छ, डिएसपी बस्नेतले मृत्यु हुनेमा सर्केगाड-२ रिपका राम परियार, सिमकोटका प्रकाश बोहरा, ठेगाना स्पष्ट नभएका अर्का राम परियार र पिउस परियारकाे मृत्यु भएकाे जानकारी दिए ।

जिपमा सवार हुम्लाका पाँच जनामध्ये चार जनाको घटना स्थलमै ज्यान गएको छ भने एक जना सख्त घाइते भएका
घाईतेमा हुम्लाका उजिर बोहरा,चालक दिनेश लावड,गाेविन्द शाही,लाेकजंग शाही र सेरे राेकाया घाईते भएका छन् ।
पिज दुर्घटनाको कारणका बारेमा अहिलेसम्म केही खुलेको छैन्