नेकपा माओवादी केन्द्रले थाल्यो पाटी सुढृढ करणकाे अभियान ।

डिल्ली अन्जान जुम्ला

जुम्ला । नेकपा (माओवादी केन्द्र)ले देशभर पालिका अभियान थाल्नेको छ ।  जस अन्तरगत जुम्लामा पनि अभियान थालिएको छ ।

माओवादीकेन्द्रका केन्द्रीय सदस्य तथा पाटीका पोलिट्ब्युरो सदस्य गोमा गौतम कुवरले देशभर पार्टी सुदृढ गर्न अभियान थालिएको बताइन । उनका अनुसार १४ गते जिल्लाका सबै पालिकामा कार्यक्रमको उद्घाटन गरिएको छ ।सोही अनुसार जिल्लामा कमान्ड गर्ने नेताहरू पनि खटाइएको छ ।

१७ गते जिल्ला समन्वय समितिको बैठक, १८ गते अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम तय गरिएको छ । समृद्ध जुम्लाका लागि सुदृढ माओवादी भन्ने मूल नाराका साथ अभियान थालिएको हो ।

पाटीमा आएको अराजक र गुडबन्दी हटाउन अभियान थालिएको प्रदेश कमिटी सदस्य दिपक गौतमले बताए ।उनको अनुसार सबै पालिका का सबै स्थानमा १४ गते ११ बजेबाट कार्यक्रम उद्घाटन भइरहेको छ ।