छायाँनाथ राराकाे कार्कीबाडा खाेलामा धर्मशाला निर्माण

मुगु : जिल्ला छायाँनाथ रारा नगरपालिका वडा नम्बर ५ कार्कीबाडा खाेलामा पक्की धर्मशाला निर्माण गरिएकाे छ ।
कार्कीबाडाका युवा तथा समाजसेवी बालचन्द्र कार्कीकाे अगुवाइमा धर्मशाला निर्माण गरिएकाे हाे ।

धर्मशाला निर्माणका लागि अक्कल कोपिला फाउन्डेसनले सहयोग गरेकाे छ । आमा गाैरी देवी बाेहाेराकाे सम्झनामा उनका छाेराले धर्मशाला बनाएका हुुन् ।

गतवर्ष समाजसेवी अक्कल बोहोराले गृह जिल्ला आएकोबेला कार्कीबाडा खोलामा धर्मशाला निर्माण गर्ने याेजना बनेकाे थियाे ।

फाउन्डेसनले धर्मशाला निर्माण गर्न २ लाख सहयाेग गरेकाे छ । यस्तै कार्कीवाडा गाउँका युवाको श्रमदानमा पक्की धर्मशाला निर्माण सम्पन्न भएको हो ।

धर्मशाला निर्माणका लागि स्थानीय हस्त बहादुर कार्कीले जग्गा प्रदान  गरेका हुन् ।

गाउँकाे सहजताका लागि धर्मशाला धर्मशाला निर्माण गरिएकाे समाजसेवी कार्कीले बताएका छन् । उनले भने,`धर्मशाला निर्माण सम्पन्न भएकाे छ। अक्कल कोपिला फाउन्डेसनले सहयाेग गरेकाे हाे ।´

पक्की धर्मशाला निर्माण भए संगै ५ नम्बर वडाका स्थानीय लाई काजक्रिया लगायतका काम गर्न, पानी परेको बेला ओत लाग्न सहज भएको छ ।