प्रकाश वि क
जुम्लामा आज एच पि भि खाेप लगाउन सुरु गरिएको छ। जुम्लाका विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० वर्ष देखि १४ वर्ष सम्मका किशोरीहरूलाई खाेप दिन सुरु गरिएको जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ।
नेपालमा एच पि भी खोप अभियान माघ २२ गते देखि सुरु भएतापनि जुम्लामा आज (माघ २७) बाट सुरु भएकाे हाे। याे खाेप अभियान फागुन ६ गते सम्म देशैभर सञ्चालन हुने छ।
एच.पि.भी. खोप विश्व स्वास्थ्य संगठनले सन् २००६ मा प्रमाणित गरि प्रयोगमा ल्याएको हो । याे खाेपले महिलालाई पाठेघरकाे मुखकाे क्यान्सर हुनबाट बचाउन्छ। हाल एच.पि.भी. खोप १४५ देशहरूले प्रयोग गरिरहेका छन् । जुम्लामा करिब ९ हजार किशोरीलाई हरुलाई याे खाेप लगाइने छ।
जुम्ला दर्पण । २७ माघ २०८१, आईतवार १४:१२