जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले पालिका भित्रका महिलालाई सिलाइकटाई तालिम दिएर आत्मनिर्भर बनाउन लागि परेको छ । सो पालिकाको – ७ कि मनमाया रावत अहिले सिलाईकटाई गरेर जिविकोपार्जन गर्न व्यस्त छन् । मनमायालाई केही बर्ष पहिले सिलाई कटाई तालिमबाट सिप सिक्ने ईच्छा थियो ।
आफ्नै लगानीमा ४५ दिनको तालिम सिकिन् । सिप सिकाईमा केही अभाव भएको थियो । तातोपानी गाउँपालिकाले लिएको सिलाईकटाई स्तरउन्नति तालिममा उहाँले फेरि सिक्ने अवसर पाइन् । अहिले गाउँमै सिलाईकटाई तालिम दिएको स्थानीयवासि रावतले जानकारी दिइन् । मनमाया जस्तै तातोपानी – ७ ताम्तिकी हरिकला रावतले अहिले ४५ दिने तालिमबाट आधारभुत कपडा सिलाउने ज्ञान भएको र अव व्यवसायिक रुपमा घरमै पसल राख्ने तयारी गरिएको बताइन् ।
मनमाया र हरिकला जस्तै बारागाउँ, ताम्ति, सुर्की र सर्मीका २२ जना महिलाहरुलाई गाउँपालिकाद्धारा स्तरउन्नति तालिम दिईएको छ । गाउँमै पसल स्थापना गरि काम गरिरहेका छन् । तातोपानी गाउँपालिकाले दिईएको सिलाईकटाई सिपविकास तालिमबाट महिलाहरु व्यवसायी वन्न थालेको तातोपानी गाउँपालिका उपाध्यक्ष रेवतीरावलले जानकारी दिइन् ।
प्रमाणपत्र तथा ११ वटा मेशिन तथा २२ वटा आईरन हस्तान्तरण गरेको उपाध्यक्ष रावलले भनिन्,,“ महिलाहरुको विकास चेतना सँगै उद्यमशिलता महत्वपूर्ण भएकाले पालिकाले आर्थिक लगानी गरेको उपाध्यक्ष रावलले जानकारी दिइन् । ” जनतासँग उपाध्यक्ष कोषबाट ११ वटा आधुनिक ईन्टरलक मेशिन यहाँका महिलालाई उपलब्ध गरिएको छ ।
व्यवसायीक बन्नका लागि दोस्रो पटक ४५ दिने सिपविकास स्तरउन्नति व्यवसायीक तालिम दिएको उपाध्यक्ष रावलले बताइन् । गाउँपालिका लघुउद्यम विकास कार्यक्रम अन्तरगत तातोपानी – ७ को सुर्की, सर्मी, वारागाउँ र ताम्तिका २२ जना महिलाहरुलाई ४५ दिने तालिम दिएपछि अहिले व्यसायीक रुपमा अगाडि बढ्ने सहयोग पुगेको ताम्तीका स्थानीय महिला बताउँछन् ।
उक्त सीपमुलक तालिमबाट गाउँमै विद्यालय पोषाक, चोला, कुर्ता शुरुवाल, भोटो म्याक्सी लगायतका कपडा सिलाउने गरेका गरिवि निवारण लघुउद्यम विकास कार्यक्रम पालिकाका बरिष्ठ उद्यम विकास सहजकर्ता हरि कामीले जानकारी दिए । जनतासँग उपाध्यक्ष कार्यक्रम अन्तरगत दुई लाख पचाँस हजारका मेशिन वितरण गरिएको तातोपानी गाउँपालिकाले जनाएको छ ।
जुम्ला दर्पण । २८ फाल्गुन २०७९, आईतवार १९:३५