रामप्रकाश विक,जुम्ला :
गुठीचौर गाँउपालिकाले आठ महिनाको प्रगति सार्वजानिक सुनुवाई गरेको छ । बुधबार आयोजित कार्यक्रम मार्फत गुठीचौरको चालु आर्थिक वर्षको प्रथम र दोस्रो चौमासिक सार्वजानिक सुनुवाईमा भौतिक तथा वित्तीय प्रगति विवरणनुसार पुँजीगत भन्दा चालु खर्च बढी भएको देखिएको छ ।
गुठीचौर गाँउपालिका अध्यक्ष दान बहादुर बुढाले गुठीचौरमा औधोगिक ग्राम निर्माण, अत्याधुनिक सेवाको प्रशासनिक भवन निमार्ण लगायतका राम्रो काम भइरहेको बताए ।
उनले दुर्गम वडा नं.१ र २ का जेष्ठनागरिकको घरमै भत्ता बितरण गरिएको बताए । उनले भने, `दुई वडामा पाँच शैया अस्पताल निर्माण प्रक्रिया अगाडि बढेको छ । गरिब विपन्नका छोराछोरीका लागि वडा १ चुत्रमा आवासीय विद्यालय सञ्चालन भएको छ ।
अध्यक्ष बुढाले कालिका आधारभूत विद्यालयमा डिजिटल प्रविधिबाट पढाउने कार्यको थालनी गरिएकाे छ । स्थानीयको प्रश्न,जिज्ञासा र गुनासोको सम्बोधन गर्दै गुठीचौर गाउँपालिका अध्यक्ष दान बहादुर बुढाले निर्वाचित भएको दुई वर्षमा धेरै काम भएको बताए ।
सुरक्षित गाउँपालिका निर्माणका लागि मदिरा नियन्त्रण अभियान सञ्चालन,स्वास्थ्य सेवामा पहूँच बढाउन एम्बुलेन्स सेवा सुरु,वडा नंं.४ मा ५० लाखको ट्रस पुल निर्माण,हाकिम नटिक्ने समस्याको अन्त्य,एक करोड लगानीमा गुठिचौरदेखि ठाकुरज्यु पदमार्ग निर्माण प्रक्रिया बढेको, शंकर मावि विद्यालयमा घेराबार निर्माण गरिएको उल्लेख गरे ।
अत्याधुनिक सेवा सहितको पालिकाको प्रशासनिक भवन निर्माण भईरहेको बताउँदै, वडा नं. ३ मा आफ्नै पक्की भवन निर्माण भईरहेको उनको भनाई छ । गुठीचौर पाँच वर्षमा जिल्लाकै उत्कृष्ट पालिका बनाउने अध्यक्ष बुढाले दाबी गरे ।
त्यस्तै, गुठीचौरका निवर्तमान गाउँपालिका अध्यक्ष हरि बहादुर भण्डारीले गुठिचौरलाई समृद्ध पालिका बनाउन राजनीति पूर्वाग्राही भन्दामाथि उठेर साँझा रुपमा बढ्नु पर्ने बताए ।
उनले भने,‘पहिलो कार्यकालमा स्थानीय सरकारको जग बसाल्ने काम बेलामा समस्या भएपनि अहिले धरै सहज भएको बताए ।गुठीचौर गाँउपालिकको अनुकुलका कामको सहजताको लागि ४८ वटा कानुन बनाएको बताए ।
व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गरेको खण्डमा समृद्ध गुठिचौर बन्नेमा दुइमत नभएको उनको भनाइ छ । गाँउपालिकाको समग्र विकासका लागि हातेमालो आवश्यकता रहेको बताए ।
चालु र पुँजीगत गरी जम्मा १३ करोड बजेट खर्च
गुठीचौर चालु आर्थिक वर्ष २०८०÷८१ को आठ महिनामा १३ करोड ५८ लाख ४६ हजार ८सय ८४ बजेट खर्च भएको गुठीचौरका प्रमुख प्रशासकीय अधिकृत धुर्वराज गिरीले जानककारी दिए ।
चालु आर्थिक वर्षमा विनियोजित कुल ३४ करोड ९५ लाख २५ हजार सात सय बजेट मध्ये फागुन मसान्तसम्मा चालु र पुँजीगत गरी जम्मा १३ करोड ५८ लाख ४६ हजार ८सय ८४ बजेट खर्च भएको प्रमुख प्रशासकीय अधिकृत गिरीले बताए ।
समग्रमा कुल बजेटको ३८ दशमलब ८६ प्रतिशत बजेट कार्यान्वयन भएको छ । पालिकाले बितेको आठ महिनामा पुँजीगत खर्च सन्तोषजनक रुपमा गर्न सकेको छैन ।
पुँजीगत तर्फ विनियोजित १२ करोड ९८ लाख पाँच हजार ६ सय रुपैया मध्य आठ महिनामा तीन करोड ३१ लाख ९७ हजार ४६२ रुपैयाँ अर्थात २५.५७ प्रतिशत मात्रै पुँजीगत बजेट खर्च भएको छ ।
भने चालु तर्फ २० करोड ९७ लाख २० हजार एकसय विनियोजित भएकोमा फागुन मसान्तसम्म १० करोड २६ लाख ४९ हजार ४२२ रुपैया अर्थात ४६.७१ प्रतिशत चालु बजेट खर्चको भएको सार्वजानिक गरिएको दोस्रो चौमासिक प्रगती प्रतिबेदनमा उल्लेख छ ।
आर्थिक वर्ष सकिन तीन महिना मात्रै बाँकी रहँदा विकास बजेट मात्रै ११ करोड ७ लाख ७० हजार ६सय ७८ रुपैया कार्यान्वयन हुन बाँकी छ । त्यसैगरी गुठीचौर आठ महिनामा १६ वटा योजनाको अन्तिम भुक्तानी दिएको प्रमुख प्रशासकिय अधिकृत गिरीले जानकारी दिए ।
हामीले हाल सम्म १३० वटा योजना सम्झौता गरेको र १६वटा निर्माण सम्पन्न भई अन्तिम भुक्तानी पनि भईसकेको छ । एक योजनाको ठेक्का सम्झौता भएको र दुई वटा ठेक्का खोलिएको छ ।
हाकिम नटिक्ने समस्याले पुँजीगत बजेट कार्यान्वयन अपेक्षित रुपमा हुन नसकेको प्रशासकिय अधिकृत गिरीले उल्लेख गरे । केही महिनायता पूर्वाधार विकास तथा पालिकाका कार्य तिव्र रुपमा भईरहेकोले ढिलोमा जेठ भित्रै सबै योजना निर्माण तथा भुक्तानी दिएर सक्ने लक्ष्य रहेको छ ।
सार्वजानिक सुनुवाई कार्यक्रममा करिब २६ जना स्थानीयले प्रश्न,जिज्ञासा राखेका थिए । गुठीचौर अझै अपेक्षाकृत विकास र सेवा प्रवाह गर्न नसकेको,उत्पादनमुखी क्षेत्रमा लगानी नगरेको,टुक्रे योजना जोड दिएको, देखिने विकास केही नभएको जस्ता गुनासो सहभागीले राख्नु भएको थियो ।
सार्वजानिक सुनुवाई कार्यक्रमको सहजीकरण सिंजा मल्टि मिडिया प्रा.लीले गरेको थियो ।
जुम्ला दर्पण । २९ चैत्र २०८०, बिहीबार १३:३६