‘कर्णालीकी भान्जी नेहारीका जिताऔँ’ अभियान
नन्दबहादुर रोकाया
मुगु । चर्चित नेपालको रियालिटी सो ‘द भ्वाइस अफ किड्स सिजन २’ की प्रतिस्पर्धी नेहारिका खड्का जिताऔँ अभियान मुगुमा सुुरु भएको छ । झापा बिर्तामोड नगरपालिका–३ चारपाने घर भएकी नेहारीका ‘द भ्वाइस अफ किड्स सिजन २’ टिम सुशान्त कोचकी प्रतिस्पर्धी हुन् ।

खड्कालाई जिताउँन भोटको लागि बुधबार मावली जिल्ला मुगुमा पत्रकार सम्मेलनको आयोजन गरेर ‘कर्णालीकी भान्जी’ जिताऔँ अभियान थालिएको हो ।

मावली घर मुगुको खत्याड गाउँपालिका–११ लुई रातापानी घर भई आमा प्रतिभा कार्की खड्का र बुवा नेत्र खड्का की ८ वर्षीया छोरी नेहारिका खड्का हिमालय टेलिभिजनबाट हरेक शुक्रबार राति प्रशारण हुने चर्चित नेपालको रियालिटी सो ‘द भ्वाइस अफ किड्स सिजन २’को सेमिफाइनल प्रवेश गरेकी छन् ।

खड्का उपाधि नजिक पुगेकाले उनलाई उपाधि दिलाउन जिल्ला–जिल्लामा ‘नेहारीका खड्का जिताउँ’ अभियान थालिएको जनाइएको छ । मुगुवासीले कर्णालीकी भान्जी जिताऔँ अभियान सुरु गरेर नेहारिका मुगुको मात्र भान्जी नभई समग्र कर्णालीकै भान्जीको रुपमा हेरेर ‘नेहारिका खड्कालाई भोट दिन कर्णाली बासी लाई आग्रह गरिएको छ ।

कर्णालीकी भान्जी जिताऔँ अभियान’ सुरु गरेर नेहारिकालाई उपाधि दिलाउन मुगुमा एमाले, कांग्रेससहित अन्य राजनीतिक दल, सामाजिक संघसंगठन सक्रिय हुँदै नेहारिकाको पक्षमा भोट माग्न सुरु गरिएको नेकपा एमाले जिल्ला कमिटी सदस्य मदन बाँनियाले बताए ।

नेहारीकालाई भोट गर्न खल्ती एपमा गई ‘द भ्वाइस अफ किड्स सिजन २’को टिम सुशान्तमा क्लिक गरी नेहारीका खड्का लाई भोट गर्न सकिन्छ ।