तातोपानीकाे उत्कृष्ट विद्यालयकाे रूपमा कालिका आवि हियाखाेला सम्मानित

जुम्ला : जिल्लाकाे तातोपानी-६ स्थित कालिका आधारभुत विद्यालय हियाखाेला तातोपानी गाउँपालिकाकै उत्कृष्ट विद्यालयका रूपमा सम्मानित भएकाे छ ।

५८ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसकाे अवसरमा कालिका आधारभुत विद्यालय हियाखाेला तातोपानी गाउँपालिकाकै उत्कृष्ट विद्यालयका रूपमा सम्मानित भएकाे भएकाे हाे ।

गाउँपालिकाले पालिकामा रहेका २९ विद्यालयमध्ये आधारभुत विद्यालयतर्फ कालिका आविलाई उत्कृष्ट विद्यालयकाे रूपमा नगद र प्रमाणपत्रसहित सम्मान गरेकाे हाे ।

आइतबार एक समारोहबीच विद्यालयलाई तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चाैलागाईँले विद्यालयका निमित्त प्रधानाध्यापक  रमेश न्याैपाने र विव्यस अध्यक्ष डिल्ली कामीलाई नगद र प्रमाणपत्रसहित सम्मानित गरेका थिए ।

पालिकाकै उत्कृष्ट विद्यालयकाे रूपमा सम्मानित हुँदा विद्यालय परिवार खुसी भएकाे अध्यक्ष कामीले बताए । उनका अनुसार गुणस्तरीय शिक्षाका लागि सुधारका काम अघि बढाइएकाे छ ।

`पालिकाकै उत्कृष्ट विद्यालयका रूपमा सम्मानित हुँदा उचित मुल्यांकन भएकाे महशुस गरेका छाै । आगामी दिनमा जिल्लाकै उत्कृष्ट विद्यालय बनाउन अघि बढ्नेछाै,´ उनले भने ।

यस्तै गाउँपालिकाले माध्यमिक विद्यालयतर्फ दुर्गा मावि मधुलाई सम्मान गरेेकाे छ ।  दिवसकाे अवसरमा गाउँपालिकाका पाँच जना शिक्षकलाई सम्मान गरिएकाे थियाे ।