मुकुन्द र बसन्तीकाे अन्तरजातीय विवाह मुकुन्द काे घर अागलागि

रेशम अनुराग -जुम्ला

अाजकाे २१ अाै शताब्दी काे याे समाजमा पुरातन प्रवृति कायमै छ ।प्रेम गनु अपराध हाेईन नि ।समाजमा जरा गडेर बसेकाे जातिय विभेद कहिले सम्म ?

तातोपानी–४ गिडीखाेलाका मुकुन्द नेपालीले स्थानीय बसन्ती गिरीसँग भागेर गएकाे साता बिहे गरे।

२० वर्षीय मुकुन्दले उमेर नखुलेकी उनै युवती बसन्तीसँग प्रेमपछि अन्तरजातीय विवाह गरेकाे स्थानीयहरू बताए ।केटी पक्षले भनेअनुसार हाल उनीहरू बाँके जिल्लामा छन्। बसन्तीले मुकुन्दसँग भागेर घरजम गरेलगतै आफूहरू बाँके आएकाे आफन्तलाई फाेनमा भनेकाे बुझिएकाे छ।

 

 

मुकुन्द र बसन्तीले अन्तरजातीय विवाह गरेकाे चार दिन पछि ‘दलित केटा’काे घरमा एक्कासी आगाे लागेकाे मुकुन्दका माइला दाइ भरत नेपालीले बताए ।

भाइले अन्तरजातीय बिहे गर्नु र त्यसकाे चार दिन पछि आगाे लाग्नु संयाेग नभएर याेजना हाे,’ उनले भने, ‘याे काम केटी पक्षका दाइले गराएकाे भनी किटानी दिने तयारी गरेकाे भरतले बताए।’

तीन तलाकाे घर जलेर पूरै नष्ट भएकाे हाँकु प्रहरी चाैकीका इन्चार्ज राजेन्द्र गिरीले बताए ।

‘घर आगलागी भएकाे कुरा जिल्ला प्रहरी कार्यालयबाट आएपछि हामी यहाँ पुगेका हाैँ,’ उनले भने, ‘क्षतिकाे विवरण निकाल्दैछाैँ। घटनाका अनुसन्धान भइरहेकाे।’