ओली मन्त्रीमण्डलमा मुगुका ऐन बहादुर शाही मन्त्री नियुक्त

जुम्ला : नेपाली कांग्रेस र नेकपा एमाले गठबनधनको नयाँ सरकारमा कर्णालीले एक मन्त्री पाएकाे छ । केपी शर्मा ओेली नेतृत्वकाे सरकारमा मुगुका ऐनबहादुर शाही नियुक्त भएका हुन् ।

उनी नेपाली कांग्रेसकाे तर्फबाट ओेली सरकारमा वन तथा वातावरण मन्त्री बनेका छन् । २०७९ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सांसद निर्वाचित भएका छन् । नयाँ सरकारमा कर्णाली प्रदेशबाट मन्त्री बन्ने उनी एकल व्यक्ति समेत हुन् ।

मन्त्री ऐनबहादुर शाही मुगुका निकै लोकप्रीय नेता हुन् । आम नागरिकसँगै पाटीभित्र र अन्य पाटीका कार्यकर्तासँग पनि शाहीको सम्बन्ध राम्रो छ । मुगुवासीले रुचाएका नेता शाहीबाट मुगुले विकासको समेत अपेक्षा गरेको छ ।

शाही हाल मुगुबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन् । भने बहालवाला पार्टी जिल्ला सभापती पनि हुन् ।
२०२६ साल फागुनमा मुगुको सोरु गाउँपालिका २ मा जन्मेका शाही २०४४÷०४५ बाट नेपाल विद्यार्थी संघबाट संक्रिय राजनीतिमा होमिएका थिए ।

बहुदलीय व्यवस्थापछि कांग्रेस जिल्ला पार्टी सदस्य हुँदै २०६८ मा शाही मुगु लिल्ला सभापतिमा निर्वाचित भएका थिए । २०७० मा पहिलो पटक संविधानसभा सदस्यको उम्मेदवार बनेका शाही झिनो मतान्तरले पराजित हुन पुगेका थिए । शाही फेरी दोस्रो पटक २०७८ मा कांग्रेस मुगु सभापति बनेका थिए ।

भने फेरी २०७९ को आम निर्वाचनमा दोस्रो पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका थिए । यो पटक आम मतदाताले शाहीका निकटम् प्रतिस्पर्धी नेकपा एमालेका राजबहादुर कार्कीलाई पराजित गराउँदै शाहीलाई ठुलो मतान्तरले विजयी गराएका थिए ।

झण्डै चार हजार बढीको मन्तारन्तरले पहिलो पटक शाही संसदीय अभ्यासमा प्रवेश गर्न सफल भए । शाहीले औपचारिक शिक्षा अन्तर्गत स्नातक तह उतीर्ण गरेका छन् । भद्र र सालिन नेताका रुपमा परिचित शाहीले समग्र मुगु जिल्लाको विकासमा ठुलो योगदान गरेका छन् ।