जुम्ला : अवैध एकनाले भरूवा बन्दुकसहित एकजना युवा पक्राउ परेका छन् । आइतबार पत्रकार सम्मेलनकाे आयाेजना गरेर अवैध हतियारसहित पक्राउ परेकालाई सार्वजनिक गरेकाे हाे ।
डियसपि छेदीलाल कामतीका अनुसार पक्राउ पर्नेमा अवैध १ नाले भरुवा बन्दुकसहित गुठीचाैर-१ माैरेका ३२ वर्षीय सुर्य बहादुर महतारा रहेका छन् । अनुसन्धानकाे क्रममा गुठीचौर-१ मौरे लेकस्थित जुम्लादेखि डोल्पा जाने कच्चि सडक खण्डको ५० मिटर तल पश्चिम तर्फको भिरालो जमिनको ढुङ्गाको ओढार भित्र हरियो प्लाष्टिकमा सेतो प्लाष्टिकको बोरा भित्र लुकाई छिपाई राखेकाे पाइएकाे उनले बताए ।
उनी पातारासी गाउँपालिका वडा नम्बर ०५ लासी बजारस्थित मोटरसाइकल ग्यारेज व्यवसाय गरिरहेका थिए महताराले अवैध हातहतियार लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा दुईमहिनादेखि प्रहरीले निगरानीमा राखेकाे थियाे । उनले आफूले नै लुकाएर राखेकाे स्वीकार गरिसकेका छन् ।
यस्तै भाद्र ४ गते रातीको समयमा तातोपानी- ३ का वडाअध्यक्ष गोकर्ण रालले पार्किङ गरिराखेकाे क.प्र.०१-००१ब ०३७९ न.को १५० सीसीको माेटरसाइकल हराएकाे थियाे ।
उक्त माेटरसाइकल चाेरेर तिला-३ स्थित धन बहादुर खत्रीको खाली घर अगाडी बेवारिसे अवस्थामा फालिएकाे थियाे । माेटरसाइकल फेला पारेर वडाअध्यक्ष गोकर्ण रावललाई बुझाइएकाे छ । चाेरी गर्ने व्यक्तिकाे खाेजी भइरहेकाे कामतीले बताए ।
जुम्ला दर्पण । ९ भाद्र २०८१, आईतवार १७:१४