तिला गा.पा वडा नं. ६ ले गर्यो सार्वजनिक सुनुवाइ साथै स्थानपान कक्षाको स्थापना ।

डिल्ली अन्जान

जुम्ला । तिला गाउँपालिका वडा नं. ६ ले सार्वजानिक सुनुवाई तथा वार्षिक समीक्षा गरेकाे छ । गत आव २०७९/०८० मा भए गरेका विकास तथा सेवा प्रवाहबारे नागरिकलाई जानकारी दिन तथा गुनासा सुन्न शनिवार वडाले सार्वजानिक सुनुवाई गरेकाे हाे ।

सार्वजानिक सुनुवाईमा वडाले वर्षभरी गरेका गतिविधि नागरिक माझ प्रस्तुत गरेकाे छ । वडामा विनियाेजित कुल बजेटकाे  ९०.२३ प्रतिशत बजेट खर्च भएकाे तिला गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष जंङ्ग राेकायाले बताए ।

उनले भने,”पालिकास्तरी सार्वजानिक सुनुवाई हुनुपुर्व वडाकाे गर्नु पर्ने हाे । तर पालिकाकाे भएपनि वडाका सम्रग नागरिककाे सूचनाकाे हकलाई प्रत्याभुति दिलाउन सार्वजानिक सुनुवाई गर्याै । नागरिकका गुनासा सुझाव पनि सुनेका छाै । साेहिनुसार नमुना वडा बनाउन लाग्छाै ।”

वडाबाट गत आवमा १ लाख ६६ हजार ३६२ रुपैया राजश्व  संकलन भएकाे छ । पञ्जीकरण सेवा तर्फ जन्मदर्ता,विवाह दर्ता,मृत्यु दर्ता,बसाई सराई लगायतका सेवा ४६ जनाले लिएका छन् ।  भने,गत वर्षमा मात्र विभिन्न कामका लागि ५ सय ५१ वटा सिफारिस दिईएकाे वडाध्यक्ष राेकायाले कर्णाली मिसनलाई जानकारी दिए ।

भण्डै ३५ लाख बढी लागतका ७ वटा याेजना रहेकाेमा सबै याेजनाकाे निर्माण सम्पन्न भईसकेका छन् ।

सार्वजानिक सुनुवाईका साथै तिला-६ नम्बर वडामै स्तनपान कक्ष स्थापना गरि सञ्चालनमा ल्याईएकाे छ । विश्वव्यापी स्तानपान सप्ताह चलिरहेकाे अबसरमा वडामै सेवाग्राहिकाे सहजताका लागि स्तनपान कक्ष सञ्चालनमा ल्याईएकाे वडाध्यक्ष जंङ्ग राेकायाकाे भनाई छ ।

आमा तथा बच्चाकाे स्वास्थ्य सुधारका निम्ति पाेषण,स्तनपानमा ध्यान दिनुपर्ने विषयमा समेत गाउँका आमालाई सिकाईएकाे छ ।

साथै वडामा यूवा,वालबालिका,महिला,जेष्ठनागरिक संग समन्वय गरि समृद्द वडा बनाउन,सेवा प्रवाहलाई चुस्त बनाउन,विकास संरचनालाई गुणस्तर बनाउन अनुमन,निरिक्षण,समन्वय सहकार्य भईरहेकाे छ ।

सबैभन्दा बढी गुनासाे आउने वडा पालिका रहेकाेले वडा बढी पारदर्शि,जवाफदेहि हुनुपर्ने आबश्यकता छ ।