नागरिक समाज सञ्जाल बैठक तथा समीक्षा कार्यक्रम ​: ताताेपानीमा सञ्चालित परियाेजनाले सुनाए प्रगति

जुम्ला : जिल्लाकाे ताताेपानी गाउँपालिका वडा नम्बर २ मा ​नागरिक समाज सञ्जाल बैठक तथा समीक्षा कार्यक्रम सम्पन्न भएकाे छ । पालिका स्तरीय नागरिक समाज सञ्जाल आयाेजनामा तातोपानी-२स्थित तातोपानी धारामा नागरिक समाज सञ्जाल बैठक तथा समीक्षा कार्यक्रम सम्पन्न भएकाे हाे ।

सेभ तथा चिल्ड्रेनकाे सहयाेग किर्डाक नेपालद्वारा सञ्चालन सहयात्रा तेस्राे परियाेजनाकाे सहजीकरणमा ताताेपानी गाउँपालिकास्थित विभिन्न परियाेजनाले कामका बारेमा समीक्षा गरिएकाे थियाे ।

उक्त अवसरमा सहयात्रा तेस्राे परियाेजना,रेरास परियाेजना, पेश नेपाल, सर्वाेदय नेपाल जुम्ला,पाेषण सुरक्षा केन्द्र,विश्व खाद्य कार्यक्रमले सन २०२४ मा लागु गरेका कार्यक्रम र प्राप्त उपलब्धि प्रस्तुत गरेका थिए ।

बाल अधिकार शासन र  बाल संरक्षण,याैन तथा प्रजनन स्वास्थ्य अधिकारबारे सहयात्रा तेस्राे परियाेजनाका निमित्त परियाेजना व्यवस्थापक प्रकाश बहादुर शाहीले बाल अधिकार शासन र  बाल संरक्षणका लागि काम गर्दै आएकाे बताए ।

उनका अनुसार परियाेजनाले ताताेपानीमा रहेका विपन्न, असहाय तथा जाेखिमयुक्त बालबालिकाहरूलाई सहयाेग गरिरहेकाे छ । `व्यक्तिगत र सामुहिक रूपमा मनाे सामाजिक परामर्श दिइरहेका छाै ।२५० लाई खाद्यान्न वितरण गरिएकाे छ । ३३५ ले लत्ताकपडा प्राप्त गरेका छन् ।

२८ जना अति जाेखिमयुक्तलाई सहयाेग गरिएकाे छ । उनले बाल सुधार, वडामा बाल सुधार,बालिकाहरूलाई खेलकुदमा जागरूक गराउन सामग्री वितरण गरिएकाे बताए । बालबालिकाका लागि बाल काेष स्थापना गर्नुका साथै सुत्केरीलाई चिसाेबाट बचाउन बेबी सेन्टर स्थापना गरिएकाे उनकाे भनाई छ ।

परियाेजनाले शिक्षा र जलवायु परिवर्तनबारे गरेका प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शिक्षा संयाेजक खेमराज लामिछानेले बालविकास  केन्द्रका शिक्षकलाई क्षमता तालिम,विद्यालय सुधार याेजना बनाउने,एकिकृत पाठ्यक्रम लागु गर्ने सम्बन्धि तालिम लगायतका कार्यक्रम गरिएकाे बताए ।  उनका अनुसार विद्यार्थी, विद्यलयलाई विभिन्न सामग्री सहयाेग गरिरहेकाे छ ।

ताताेपानीमा साझेदारी सहयाेग केन्द्र पेश नेपालद्वारा याैन तथा प्रजनन स्वास्थ्यका लागि मर्यादित महिनावारी परियाेजना सञ्चालित छ ।परियोजना अधिकृत देवकी विष्ट परियाेजना तातोपानी २,५ र ६ वडामा लागु भइरहेकाे बताउँछिन् । उनले वडा नम्बर २ मा  ३ वटा आमा समुह १ बुवा,वडा नम्बर ५ मा ३ वटा आमा र १ युवा क्लव र  वडा नम्बर ६ मा ४ वटा आमा समुह २ युवा क्लव र १ बुवा समुह रहेकाे बताइन् ।

सर्वाेदय नेपाल जुम्लाले  महिला सशक्तीकरणका लागि दीगो विकास कार्यक्रम लागु गरिएकाे छ । कृषि प्राविधिक सुरबहादुर राेकायले परियाेजनाले स्वास्थ्य शिक्षा र कृषिमा काम  गरिरहेकाे बताए । तातोपानी वडा नम्बर ७ र ८ मा लागु छ । यस्तै,एमडिआई नेपाल,रेरास परियाेजना र पाेषण सुरक्षा केन्द्र र विश्व खाद्य कार्यक्रमले आफ्नाे प्रगति सुनाएका थिए ।

उक्त अवसरमा बाेल्दै ताताेपानी गाउँपालिकाका याेजना शाखा प्रमुख तथा कायर्यक्रमका प्रमुख अतिथि ओमबहादुर चन्दले गाउँपालिकाकाे समृद्धिका लागि सराेकारवालाहरूकाे भुमिका महत्त्वपूर्ण रहेकाे बताएका थिए ।