देश्मा सुशासन कायम गर्दै विकृति अन्त्य गर्ने सरकारको पहिलो प्राथमिकता :मन्त्री शर्मा

प्युठान, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार सुशासन कायम गर्दै देशमा हुने तमाम विकृति विसंगति अन्त्यका लागि केन्द्रीत रहेको बताएकि छिन् । नेपाल पत्रकार महासघं प्यूठानले जुम्रिमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री शर्माले सरकारले सुशासन कायम गर्दै न्याय र समृद्धिका पक्षमा काम गरिरहेको कुरा बताएकी हुन ।

सुन काण्ड, शरणार्थि काण्ड, ललिता निवास जस्ता काण्डमा संलग्न जो कोहि भएपनि उन्मुक्ति नपाउने बताइन् । सरकारले कानुन बिपरित भएका सबैखाले अपराध अनियमितताको बिषयमा निर्मम भयर अघि बढ्ने मन्त्री शर्माले बताइन् ।

सरकारका प्रवक्ता समेत रहेकी मन्त्री शर्माले यस्ता गम्भीर विषय सञ्चारमाध्यमले उजागर गरेकाले सरकारलाई थप अनुसन्धान गर्न सहयोग पुगेको भन्दै सम्पूर्ण सञ्चारमाध्यमको प्रशंसा गर्नुभयो । “भ्रष्टाचारको विषयमा सरकार गम्भीरतापूर्वक लागेको छ”, उनले भनिन्, “प्रधानमन्त्रीले घरभित्रको मान्छे भए पनि नछोड्ने भन्नुभएको छ । यो बिषय अनुसन्धानबाट निष्कर्षमा पुर्‍याउने छौँ ।”
उच्च तहमा भएकै कारण जुनसुकै अपराधमा संलग्नलाई उन्मुक्ति दिन नमिल्ने भएकोले यसमा सरकार निर्मम भएर अगाडि बढेको बताइन् ।

उच्च तहका नेता उम्कने र आम नागरिकले सास्ती पाउने दिन अन्त्य भयको भएको भन्दै जनतालाई ढुक्क हुन आश्वासन गरिन ।
सरकारले कतिपय बिषयलाई निष्कर्षमा पुर्याउने दिसामा अगाडि बढेको छ । मन्त्री शर्माले भनिन्,”सुन तस्करको कुरो पनि सरकारले निष्कर्षमा पुर्याउने काम भैरहेको छ ।”
टेलिकमको जिल्लामा समस्या के हो संचारको बिषयमा सरोकारवाला संग छलफल गरि हल गरिने उनको भनाइ छ ।

सूचना र प्रबिधिलाई आय आर्जन संग जोडेर लैजानुपर्ने आवस्यकता रहेकोले यो बिषयमा सरकारले काम थालनी गरेको बताइन् । सेवा निर्यात गर्न सकिने अवस्थामा पुगेका छौ । उनले भनिन् ,” आइसिटीलाई रोजगारसंग जोडन सबै प्रदेशमा ब्यवसायिक तालिम संचालन गर्ने आइसिटिमेला गर्ने तयारी रहेको सुनाइन् ।” सूचनाको पहुँचलाई गाउँ सम्म जोडने सरकार जिम्मेवार भएर लाएको छ ।
“कतिपय ऎन कानुनमा जटिलता भएकोले केहि समस्या छ।” सरकारले समस्या भएका बिषयमा पुन बिचार गर्ने प्रतिबद्धता व्यक्त गरिन ।
बिज्ञापन प्रणालीमा चुहावट भएको गुनासो आएको बताउदै उनले भनिन्,”चुहावट रोक्न बिज्ञान नियमावली बनाउछौ।”
बिज्ञापन प्रणाली र बजारलाई ब्यवस्थापन गर्न सरकार लागेको बताइन् । सामाजिक संजालमा देकिएको कैयन विकृतिलाई नियमन गर्न समाजिक संजाल सम्बन्धि ऎन बनाउ लागेका छौ। ऎन बनेर कार्यान्वयनमा आएपछि सामाजिक संजालको बिकृती अन्य हुने बताइन् ।

कतिपय यन कानुन बनिनसकेकोले कतिपय समस्या छ
बिज्ञापनको चुहावट रोक्न बिज्ञापन नियमावली बनाउदै छौ नियमावलीआएपछि केही हल हुने बताइन् । बिज्ञान र बजारलाई ब्यवस्थापन गर्न सरकार लागेको छ । समाजिक संजाल सम्बन्धि ऎन बनाउ लागेका छौ । ऎन बनेर कार्यान्वयनमा आएपछि सामाजिक संजालको बिकृती अन्य हुने छ ।
नगरपालिका भित्रको सागुरा सडक,प्युठान-भालुवाङ सडकलाई स्तरोन्नति गर्न सरकार संग पहल गरिने र लामो समय देखि अन्योलमा रहेको बाग्दुला-भिमगिठे सडकको कतिपय जटिलतालाई निष्कर्षमा पुर्याई छिट्टै काम अगाडि बढाउन उच्छ तहमा छलफल गर्ने बताइन् । जग्गाको मुआब्जा दिन नसक्ने नीति भएकोले केही समस्या छ त्यस्को लागि स्थानीय तहाले पहल थाल्नुपर्ने बताइन् । क्याडी देखि बाग्दुला सम्मको सागुरो सडक फराकिलो बनाउन एक खालको छलफल आवश्यक रहेकोले यस्को लागि स्थानीय तहले पहल थाल्नुपर्ने जरुरी छ ।
महिला पत्रकारहारुको प्रबर्द्धन गर्न कार्यक्रम ल्याइने छ ।
कम्तीमा महिलालाई पत्रकारमा टिकाई राख्न प्रबर्द्धन गरिने गरि कार्यक्रम ल्याउने मन्त्री शर्माले बताइन् ।
चुनावको बेला प्युठानी जनताले देखाएको सहानुभूतिलाई स्मरण गर्दै उनले भनिन्,”सहयोग सकारात्मक भुमिका कहिल्यै नभुल्ने स्पष्ट पारिन्