जुम्ला : जुम्ला विमानस्थल विस्तार हुने भएकाे छ । सरकार बजेट छुट्याएपछि जुम्ला विमानस्थल विस्तार हुने भएकाे हाे । विमानस्थल विस्तारका लागि बजेट विनियाेजन भएकाले अर्थ मन्त्रालयले नागरिक उड्डयन कायर्यालय जुम्लालाई आवश्यक समन्वयका लागि निदर्देशन दिएसँगै विमानस्थल विस्तारकाे बाटाे खुलेकाे हाे । मन्त्रालयले विमानस्थल विस्तारका लागि चार कराेड बजेट विनियोजन गरेकाे छ ।
गत आार्थिक वर्ष विमानस्थल विस्तारका लागि एक कराेड बजेट विनियोजन गरिएकाे थियाे । यद्यपि उक्त बजेट खर्च नभएर फ्रिज भयो । लामाे समयदेखि विमानस्थल विस्तारकाे बहस चलेपनि काम हुन सकेकाे थिएन । तर,चालु आव २०८०÷८१ मा अर्थ मन्त्रालयले ४ करोड ४२ लाख ४७ हजार ७८७ रुपैया विनियोजन गरेसंगै विमानस्थल विस्तार आशा जागेको छ । हाल २०५१ सालमा निर्मित पुरानो टर्मिनल भवनमै विमानस्थल चलेको छ ।
जुम्ला विमानस्थल हाल ६७० मिटर लम्बाई,२० मिटर चौडाई सम्म छ । नेपाल नागरिक उड्यन प्राधिकरणले आइतबार अर्थ मन्त्रालय मार्फत विमानस्थल विस्तारका लागि बजेट विनियोजन भईसकेकोले आवश्यक समन्वय गर्न नागरिक उड्यन कार्यालय जुम्लालाई निर्देशन दिएको छ ।
हाल विनियोजिच ४ करोड ४२ लाख बजेट बाट धावन मार्ग विस्तार,जहाज पार्किङ गर्ने ठाउँ (अप्रोन) निर्माण गरिने जुम्ला विमानस्थलका प्रमुख सन्तोष अधिकारीले जुम्लादर्पणलाई बताए । उनका अनुसार अप्रोनदेखि जहाज सम्म जाने बाटो (टयाक्सी वय) लगायतका संरचना निर्माण हुनेछ । तत्काल जग्गा अधिग्रहणका लागि बजेट विनियोजन नभएपनि चाडै केहि रकम विनियोजन हुने आशामा रहेको उनले बताए ।
प्रतिनिधि सभा सदस्य छिरिङ ल्यामु लामा तामाङले लामाे प्रतिक्षापछि जुम्ला विमानस्थल विस्तारको बाटो खुलेको बताइन् । सबै सराेकारवालाकाे संयुक्त प्रयासमा चालु आवमा कार्यान्वयन हुने गरी ४ करोड ४२ लाख बजेट विनियोजित गराउन सफल भएको उनले बताइन् ।
यद्यपि,आफुले सांसद पदको सपथ खाए संगै विमानस्थल विस्तारका लागि बजेट जुटाउन पहल गर्दै आएको उनको दाबी छ ।
सांसद लामाले भनिन,“विकास ढिलो चाडो हुन्छ । निरन्तर पहल गरे सम्भव छ । लामो प्रयासपछि जुम्ला एयरपोर्टमा गत वर्षभन्दा ३ करोड बढी बजेट आयो । यो अपेक्षाकृत होईन् । अब जग्गा अधिग्रहणको लागि बजेट व्यवस्थापनमा जुट्ने छु ।” यता सांसद कान्तिका सेजुवालले पनि आफु विमानस्थल विस्तारको लागि बजेट जुटाउन लामो समयदेखि लागिरहेको बताउँछन् ।
जुम्ला दर्पण । ७ आश्विन २०८०, आईतवार २१:११