जन्मदिनमा संचारकर्मी कार्कीले गरिन बाल अाश्रमलाई सहयाेग

काेहलपुर : सञ्चारकर्मी कल्पना कार्कीले बैजनाथ गाउँपालिका वडा नम्बर ३ मा रहेकाे बाल अाश्रमलाई सहयाेग गरेकी छन् ।  उनले बैजनाथ ३ मा रहेकाे सभ्यताको घर बाल आश्रमलाई खाद्यान्न सहयाेग गरेकी हुन् । उक्त अाश्रममा १३ जना अनाथ बालबालिका अाश्रित छन् ।

सञ्चालक गणेश बिष्टले बालबालिकाका लागि सञ्चारकर्मी कार्कीले चामल ,दाल,तेल,साबुन,कापी कलम ,सिसाकलम सहयाेग गरेकाे बताए । उनका अनुसार जन्मदिनकाे अवसरमा अाश्रम मै पुगेर सहयाेग गरेकी छन् ।

  सञ्चारकर्मी कार्कीले जन्मदिनलाई भड्किलाे बनाउनु भन्दा मानवीय सहयाेग गराै भन्ने उद्देश्यले सहयाेग गरेकाे बताइन् । उनी हरेक वर्ष जन्मदिनकाे अवसरमा गरिब, दु:खी असहायलाई सहयाेग प्रदान गर्दै अाएकी छन् ।

कार्की भन्छिन,` पछिल्लो समय जन्मदिनलाई धेरै भड्किलो बनाएको देखिन्छ । मैले भने सहयाेग गर्दै अाएकाे छु । अनाथ बालबालिकालाई सहयाेग गनर्न पाउँदा खुसी छु ।´

कार्की काेहलपुर एफ.एम. र एनटिभी काेहलपुरमा कार्यरत छिन् ।