तातोपानी गाउँपालिकामा संविधान दिवसकाे अवसरमा वृक्षारोपण

जुम्ला : संविधान दिवसकाे अवसरमा तातोपानी गाउँपालिकामा बृक्षाराेपण गरिएकाे छ । दिवसका अवसर पारेर पालिकाकाे केन्द्र तिलाकाेटमा बृक्षाराेपण गरिएकाे हाे ।

जनप्रतिनिधि तथा कर्मचारी र सर्वसाधारणहरूकाे सहभागिता बृृक्षाराेपण गरिएकाे गाउँपालिकाले जनाएकाे छ । गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चाैलागाईँका अनुसार देवदेयारका ५० र २० वटा ढटेलाेका बिरूवा बृक्षाराेपण गरिएकाे छ ।

´दिवसकाे अवसरमन प्रभात फेरी गरियाे । कार्यालय परिसरमा बृक्षाराेपणसमेत गरिएकाे छ ।औपचारिक कार्यक्रमसमेत आयाेजना गरिएकाे छ ,´ अध्यक्ष चाैलागाईँले भने ।

उक्त अवसरमा बाेल्दै गाउँपालिकाका निवर्तमान अध्यक्ष नवराज न्याैपानेले नेपाली जनताकाे संघर्ष र बलिदानबाट संविधान निर्माण भएकाे बताएका थिए ।

उपाध्यक्ष रेवती रावलले संविधानले सिमान्तकृत समुदायकाे प्रतिनिधित्व गर्ने बताइन् । सेभ द चिल्ड्रेन ड्लुएफपी र तेस्राे परियाेजनाकाे सहजीकरणमा सम्पन्न कार्यक्रममा पालिका जनप्रतिनिधि र कर्मचारीहरूकाे सहभागिता रहेकाे थियाे ।