डिल्ली अन्जान
जुम्ला । कर्णाली प्रदेशको मुगुबाट उत्तरी छिमेकी मुलुक चीनको नाका खोल्न माग गरिएको छ । कर्णालीको आर्थिक,सामाजिक तथा व्यापारिक गतिविधिलाई बढाउने उदेश्यका साथ मुगुको कार्मारोङ गाउँपालिकाबाट चीनको तिब्बत जोड्ने ( नाक्च्या भन्झ्याङ) नाका खोल्न माग गरिएको हो ।
जुम्लाकी प्रतिनिधि सभा सांसद छिरिङ ल्हामु तामाङले मुगुबाट चीन जोड्ने (नाक्च्या भनझ्याङ) नाक खोल्न प्रधानमन्त्री पुष्पकमल प्रचण्ड सक्षम माग गरेकी छन् । उनले विहिबार विज्ञप्ती बुझाउँदै कर्णालीको आर्थिक,भौतिक,रोजगारीको प्रर्बद्धन तथा विकास र व्यापारिक गतिविधि बढाउन उक्त नाका खोल्न ज्ञापनपत्र बुझाउदैँ माग गरेकी हुन् ।
कर्णालीलाई चीनको तीब्बत जोड्ने कार्मारोङ गाउँपालिकाको (नाक्च्या भनझ्याङ) नाका निकै छोटो पर्ने र कर्णालीले चीन बाट लाभ लिन सक्ने सम्भावना रहेकोले खोल्न जोड दिइएको हो । प्रधानमन्त्री दाहाल आगामी असोज ५ गते मित्रराष्ट् चीन भ्रमणमा जादैछन् ।
चीन भ्रमणकै अबसरमा अवसरमा मुगुको कार्मारोङ गाउँपालिकाकाबाट पैदल हिडेर ५÷६ घण्टामा पुगिने गरी सीमा जोडिएको नाक्च्या भनझयाङ नाकालाई पूर्ण रुपले सञ्चालनमा ल्याउन माग गरिएको सांसद तामाङले बताईन् ।
उनले भनिन,“चीन सरकारसँग अन्तरदेशीय यातायात तथा व्यापार सम्झौता र सहकार्य गर्नुपर्नेमा विषयमा पनि ज्ञापनपत्रमा उल्लेख गरेको छु । (नाक्च्या भनझ्याङ) नाका कर्णाली र चीन जोड्ने सबैभन्दा छोटो बाटो हो । यो नाका खुलेको खण्डमा कर्णालीको विकासले गति लिने आशा छ ।”
‘नाक्च्या भन्झ्याङ नाकाहुँदै कर्णाली आउजाउ गर्न समेत अत्यन्तै छोटो दूरी भएकोले मानसरोवर,छायाँनाथ,राराताल लगायतका क्षेत्रमा चिनीयाँ पर्यटकहरूको आगमनलाई बृद्धि गर्न सकिने सम्भावना समेत छन् ।
ज्ञापनपत्रमा भनिएको छ,“(नाक्च्या भनझ्याङ) कर्णालीकै समृद्धीको ढोका बन्न सक्छ । चीन भ्रमणका कर्णालीका तमाम विकास संगै यो नाका खुलाउने विषयमा प्रधानमन्त्रीको विशेष ध्यानर्कषण गरिएको छ । कर्णालीको आर्थिक सामाजिक तथा भौतिक पुर्वाधार विकासमा टेवा पुराउन,रोजगारी सृजना गर्नका निम्ती पनि विशेष जोड दिन माग छ । कर्णालीको जनजीवनसंग जोडिएको विषयमा प्रधानमन्त्रीले महत्व दिने विश्वास छ ।”
ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कर्णालीका नाका खोल्ने,आर्थिक सामाजिक,रोजगारी सृजना पूर्वाधार विकास,व्यापार लगायतका विषयमा नेपालका महत्वको सबै एजेण्डा गहन रुपमा प्रस्तुत गर्ने समेत बताएको सांसद तामाङले जानकारी दिईन् ।
जुम्ला दर्पण । ३१ भाद्र २०८०, आईतवार १३:५३