जुम्ला : नारी दिवसमा महिला हिंसा र बालविवाह अन्त्यसम्बन्धी देउडा प्रतियोगिता सम्पन्न भएको छ। गुठिचौर गाँउपालिकाले एक सय १४औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला हिंसा र बालविवाह अन्त्य गर्ने सम्बन्धी जनचेतनामूलक देउडा प्रतियोगिता आयोजना गरिएको हो l महिला, बालबालिकालगायत क्षेत्रमा काम गर्दै आएको गुठिचौर गाँउपालिका महिला तथा वालवालिका शाखाले पालिका सदरमुकाम धलमुडिमा आयोजना गरेको हो ।
उहाँले भनुभयो, उक्त प्रतियोगितामा गाउँपालिका–१ देखि ५ वडाका महिलाको सहभागिता रहेको थियो । महिला हिसां तथा वहुविवाह न्यूनीकरणका लागि देउडा प्रतियोगिता सञ्चालन गरेको हो। शुक्रबार देउडा गीत प्रतियोगिता सम्पन्न गरेको हो।
बालविवाह, महिलामाथि हुने हिंसा, घरेलु हिंसालगायत घटनामा कमी नआएका कारण यसको अन्त्य गर्न देउडा गीत प्रतियोगिता सञ्चालन गरेको महिला तथा बालबालिका शाखा प्रमुख सुस्मिता थापाले बताए। दिवसकाे भएको देउडा प्रतियोगितामा वडा १ को सहभागिता रहेको थिएन।
पालिका भित्रका ४वटा महिला टिमको सहभागिता रहेको थियो। कार्यक्रमका सभाध्यक्ष तथा गाँउपालिका उपाध्यक्ष शान्ति कुमारि मल्ल(भण्डारि)ले महिलाको अधिकारको क्षेत्रमा आफनो अधिकार क्षेत्रले भ्यए सम्मको काम गर्न प्रतिवद्धता जनाइन् । उनले नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले धन्यवाद दिनुहुदै, सन १९११ मार्च ८ मा महिला कामदार माथि भएको श्रम शोषण विरुद्ध आवाज उठाएको दिनको स्मरणमा दिवस मनाउने प्रचलन भएको उहाँको भनाई छ। अभियन्ता क्लारा जेट्किनले अभियान नगरेको भए अधिकारको अनुभुति महिलाले गर्न नपाउने उपाध्यक्ष भण्डारिले बताइन्।
पछिल्लो बलात्कारका घटना वढि रहेको वेला यसमा आमावुवाको भुमिका पनि उतिकै रहेको उहाँले वताउनुभयो । आफ्ना छोरि चेलिको अवस्था वारेमा जानकारि लिने वानिको विकास गरेमा बलत्कार जस्ता अपराधिक घटना कम हुने उनकाे भनाई थियो । महिलालाई उद्यमसँग जोडेर आर्थिक सशक्तिकरणको बाटोमा अगाडि बढाउन सम्मान गरिएको भण्डारिले बताए ।पालीकाका महिलाको आर्थिक र ब्यावसायिक सशक्तिकरणमा लाग्ने पनि उपाध्यक्ष भण्डारीले बताइन् ।
जिल्ला समन्वय समिति सदस्य लग्नुमाया भण्डारिले महिला एकतावद्ध नभए सम्म हिंसा कमगर्न नसकिने वताउदै, हाम्रो समाजमा अझैपनि महिला हिसां घरेलु हिंसा कायमै रहेको दावि गरिन् । मुलुकमा जबसम्म राजनैतिक स्थायीत्व कायम रहदैन तबसम्म संबिधानमा ब्यवस्था भएको मौलिक हक समेत पुर्ण रुपमा कार्यन्वयन हुन नसक्ने बताए । सिमित ब्यक्तिको घेराभित्र महिलाहरुका अधिकार कुण्ठीत भैरहने र समस्या ज्युँ का त्युँ रहिरहने सदस्य भण्डारिले बताइन् । ३१ वटा मौलिक हक भित्र महिला सम्बन्धि हक ब्यावस्था भएपनि कर्मकान्डी मात्रै भएको उनले बताइन् । उनले भनिन्, निस्चित बर्ग क्षेत्र, लिङ्ग र जातिले अवसर पाउन नसकेको हुदा मुलुकले समृद्द हासिल गर्न नसकेको जिकिर गरे।
त्यस्तै, गुठिचौर गाँउपालिका वडा ४का वडाध्यक्ष टिकादत्त न्यौपानेले चैत मसान्तमा बालविवाहमैत्रि वडा घोषणको तयारि थालेको बताए । उनले बालविवाह र वहुविवाह अभिभावक उल्लो घर पल्लो घर भनि लैहलैहमा लागेर बाल बिबाह हुने गरेको बताए । कोहि कसैले बालविवाह गरेर जन्मदर्ता वनाउन आएमा जन्मदर्ता दिने र आमावुवा २० वर्ष पुरा नभएको खण्डमा पोषण भत्ता रोकिदिने वताउनु भएको हो । उहाँले आफनो वडा वालविवाह मुक्त वडा वनाउन हरदम लागि परेको बताए । नेपाल सरकारले दिएको ३३ प्रतिशत अधिकार पुरा प्रयोग गर्न र अधिकार वडाध्यक्ष न्यौपानेले सुझाव दिए । उनले पहिला छोरिकोे जन्मदर्ता ढिला गरि वनाउने संख्यामा कम थियो, अहिले जन्मदर्ता वनाउन भिड लाग्ने गरेको सुनाउनु भएको थियो।
त्यस्तै, गुठिचौर गाँउपालिका वडा ५ का वडा अध्यक्ष कमल वहादुर महतले समाज रहेको विकृति कमगर्न पहिलो कुरा महिला संक्षम र क्षमतावान हुन आवश्यकता रहेको बतए । उनले, महिलाको सुरक्षित र प्रणधातक रोगबाट वच्नका लागी विउटाक्लोरो प्रयोग नगरि दश वर्ष बढि वाच्न अनुरोध गर्नुभयो। उहाँले विउटा क्लोरोले प्रयजसो महिलाको पाठेघरमा समास्या गर्ने पनि बताए । यसको लागि ४ र ५ वडाले सहकार्य गरेर अगाडि बढाइने उनले बताए ।
त्यस्तै, प्रमुख प्रशासकिय अधिकृत धुर्वराज गिरिले देउडा गितले महिलाको हक अधिकारको सन्देश दिएको बताए । आफनो गित संगित मार्फत आफनो वेदनासँगै चेतना दिएको अधिकृत गिरिको भनाई थियो । महिलाका क्षेत्रमा आफनो तर्फबाट हुने काम कुनै कसर बाकि नराख्ने उनले बताइन् ।
त्यस्तै, गुठिचौर गाँउपालिका कार्यपालिका सदस्य नन्दरुपा न्यौपानेले महिला आफै गलत भएको वताउदै, अधिकार खोज्यौं तर प्रयोग नगरेको प्रतिक्रिया दिनुभएको थियो । अधिकार पाउने दिन तथा आफु लागी वोल्ने दिनमा कामै जान कसि रहेको हुन्छौ, अव अधिकार मागेर होइन खोस्ने वेला आएको उहाँको भनाई छ । त्यस्तै, गुठिचौर गाँउपालिका वडा ४का वडा सदस्य धर्मलाल जैसिले महिलालाई दिएको अधिकार खोस्ने पर्ने वताउनु भएको थियो। उहाँले कार्यक्रममा उपास्थित महिलाहरुलाई आफनो गाँउ,ठाउँ र समाजमा चेतनामुलक कुराहरु लिएर जान अनुरोध गरे ।
गुठिचौर गाँउपालिका वडा ४ कि झनमाया जैसिले गाँउपालिकामा हुने कुनैपानि कार्यक्रम सार्वजनिक रूपमा जानकारि नहुने गरेको गुनासो गरे । उनले महिलालाइ राज्यले संबैधानिक अधिकार दिएपनि ब्यावहारिक जिबनमा लागु हुन नसक्दा अझैपनि धेरै ठाउमा ओझेल पर्नु दुखद रहेको बताइन् । महिलाहरु घरायसि कामकाज मात्रै सिमित हुनु र केहि सामाजिक, राजनितिक क्षेत्रमा निस्केपनि अवसर नपाउनु चुनौति रहेको बताइन् । अन्तर्राष्ट्रिय नारी दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरिएको छ । महिला तथा बालबालिका शाखाले वाल विवाह वहुविवाह लगाएत विभिन्न चेतनामुलक कार्यक्रम गदै आएको महिला बालबालिका शाखा प्रमुख थापाले बताए । असल समाज वनाउने जिम्मेवारि हामी सवैको भएको पनि उनले वताए
गाँउपालिकामा भएको देउडा प्रतियोगीतामा ४ वटा टिमको सहभागिता रहेको गुठिचौर गाँउपालिका जिन्सि शाखा प्रमुख प्रेम वहादु शाहिले जनाइन्। । सहभागि ४ वटै टिमलाई २ हजार र सम्मान पत्रले सम्मान गरिएको शाहिले जानकारि दिइन् । त्यस्तै, पालिकामा भएको रिले दौडमा प्रथम गुठिचौर गाँउपालिका वडा ४ कि प्राविधिक साधना बुढाथापा टिमले जितेको हो । गुठिचौर-५ सचीव द्धवारिका न्यौपानेको समुह द्वितीय भएको छ भने कार्यपालिका सदस्य नन्दरुपा न्यौपानेको टिम तृतीयमा समूह विजेता भएको जिन्सि शाखा प्रेम शाहिले जानकारी दिनुभयो। एक सय १४औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पालिकाभित्र उद्यम गरेका ५ जना महिला उद्यमिलाई सम्मान पत्र र २ हजार नखद दिएर सम्मान गरिएको शाहिले जानकारि दिनु भएको हो ।
जुम्ला दर्पण । २६ फाल्गुन २०८०, शनिबार १४:२३