जुम्ला । लामाे समयदेखि फाेक्साे क्यान्सरबाट ग्रसित तिला गाउँपालिका वडा नं १ राराका बलवीर दमाईकाे उपचारमा समस्या भएकाे छ । आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि बलविर यतिबेला फाेक्साेकाे क्यान्सर संग लडि रहेका छन् ।
५४ वर्षिय बलविर गत साउनदेखि सिकिस्त विरामी हुन थालेका हुन थालेका थिए । विभिन्न अस्पतालमा लिएर उपचार गराउँदा पनि निकाे हुन सकेन् ।
राेग पत्ता लगाउन विभिन्न अस्पताल धाउँदा धाउँदै ६/७ लाख रुपैया सकिसक्याे । बलविर दमाईका ज्वाइँ हिक्मत
दमाई भन्छन,’अहिले बल्ल फाेक्साेमा क्यान्सर भएकाे पत्ता लाग्याे । ऋण जाेहाे गरेकाे ६/७ पैसा सकियाे,राेग पत्ता लाग्याे । अहिले चितवन स्थित क्यान्सर अस्पतालमा उपचार भईरहेकाे छ । आर्थिक अबस्था निकै कमजाेर छ । कसरी उपचार अघि बढाउने हाेला ? कतैबाट सहयाेग नजुटे मृत्यु कुर्नुकाे विकल्प छैन् । त्यसैले सहयाेगकाे आशा राखेका छाै ।’
अझै अनुमानित ५/६ लाख उपचार खर्च लाग्ने देखिएकाे छ । जुम्लाबाट चितवन ल्याउन ऋण निकालेकाे पैसा पनि सकिसकेकाे छ । फाेक्साेमा क्यान्सर भएपछि शरीर दुख्न थालेपछि अस्पतालकाे बेडमा बलविर छटपटाई रहेका छन् ।
घरमा ४ छाेरा,१ छाेरी छन् । सबै सानै छन् । आय स्राेत केही छैन् । सिकाई कटाई गरेर घर खर्च, लुगा फाटाे गर्ने बुबानै थला परेपछि सबै परिवार आत्तिएकाे छाेरा गाेविन्द परियारले बताए ।
हाम्राे आय स्राेत केही छैन् । उनले भने,’बुबालाई बचाउन चाहान्छु । ऋण जाेहाे गरेकाे सबै पैसा अहिलेसम्म उपचार गराउदै सकिसक्याे । अहिले चितवनमा उपचार भईरहेकाे छ । तर पैसा नहुँदा तनाव भईरहेकाे छ । सबैबाट सहयाेगकाे अपेक्षा राखेकाे छु ।
गरिब,निमुखाहरु माथि ठुलाे राेग लागेर थप पीडा माथि पिडा थपिने गरेकाे उनकाे दुखेसाे छ । थाेरै थाेरै गरि सहयाेग जुटेकाे खण्डका बुबाकाे अनुहारमा खुसी फर्काउन सक्ने झिनाे आशा छाेरा गाेविन्द छन् ।
उपचारम राहतका लागि विरामीका ज्वाइँ नाता पर्ने हिक्मत दमाईकाे 9849354794 नम्बर नविल बैंकमा सहयाेग रकम पठाउन सक्नु हुने छ ।
जुम्ला दर्पण । ९ चैत्र २०८०, शुक्रबार १८:१३