जुम्ला (कनकासुन्दरी ) : `पाण्डव गुफा´ कर्णाली प्रदेशकाे नाग्म- गमगढी सडक अन्तर्गत सिंजा क्षेत्रमा पर्दछ । कर्णालीकाे प्रमुख पर्यटकिय गन्तव्य राराताल जाने नाग्म गमगढी सडकको छेउमै पर्छ।
जुम्लाकाे कनकासुन्दरी गाउँपालिका- ८ पाण्डुसेरा गाउँमा याे गुफा रहेको छ । त्यहाँ पाँच भाई पाण्डवको मुर्ति छन्। पाँच भाइ पाण्डवकी एक मात्र पत्नी द्रौपतीको मुर्ति पनि एक छेउमा राखिएको छ। पाण्डवका पाँच भाइ बसेकोले यो गुफालाई `पाण्डव गुफा´भनिएको हो।
यो गुफामा पाण्डवको इतिहास भेटिन्छ । पाँच भाई पाण्डवको आकृति भएका मुर्ति राखिएको छ। आन्तरिक तथा बाह्य पर्यटककाे राेजाईकाे रूपमा रहेकाे छ ।
पाँच भाई पाण्डवकाे किंवदन्ती
पुस्तौअघि कौरव र पाण्डवले जुवातास खेल्ने निर्णय गरे। जसले जुवा हार्छ उसले १२ वर्ष बनवास, १ वर्ष गुप्तवास बस्ने कबुल गरेका थिए। सोही कबुल अनुसार पाँच भाई पाण्डवले हारेपछि यो गुफामा आएर बसेको स्थानीय बुढापाका बताउँछन्। पाण्डव गुफा सम्म जाने पैदल मार्ग निर्माण गरिएको छ। सिंजा क्षेत्रमा रहेको यो गुफा धार्मिक पर्यटकीय दृष्टिले निकै महत्वपुर्ण मानिएको छ।
तस्बिरहरू : शुभाकर विश्वकर्मा /जुम्लादर्पण डटकम
जुम्ला दर्पण । १३ आश्विन २०८०, शनिबार १७:१७