जातीय विभेदविरुद्ध जनचेतनामूलक सर्ट फिल्म ‘दमाई’ सार्वजनिक

जुम्ला : नेपाली समाजमा विद्यामान जातीय विभेदविरुद्ध जनचेतनामूलक सर्ट फिल्म ‘दमाई’ निर्माण भएको छ । जुम्लाका केही युवाहरुले जातीय विभेदलाई मुख्य विषयवस्तु बनाएर सर्ट फिल्म ‘दमाई’ निर्माण गरेका हुन् । आधा घण्टा लामो जनचेतनामूलक आर्यन जुम्ली नामक युट्युव च्यालनमार्फत सार्वजनिक गरिएको छ । सर्ट फिल्म दमाईमा जातीय विभेदको विषय समेटिएको छ ।

घर,पानी पधेरो र स्कूलसम्म जताजतै जातीय विभेद रहेको उल्लेख गरिएको छ । जुम्लाकै स्थानीय कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा मुस्कान परियार,कारमा नेपाली,खड्क परियार,राज्यलक्ष्मी नेपाली,विनोद परियार,दीपक विश्वकर्मा,आशा रावत,सुषमा बुढा,धनलक्ष्मी खत्री लगायतको अभिनय रहेको छ । फिल्मको निर्माता नवराज नेपाली हुन् । सम्पादकमा मुस्कान परियार र दिनेश सुवर्णकार रहेका छन् । मिथलेश गुप्ताले छायांकन गरेका हुन् । फिल्ममा कथा लेखन तथा निर्देशन खड्क परियारको रहेको छ ।

सर्ट फिल्ममा समावेश दृष्यहरु