जुम्ला : जिल्लाकाे गुठीचाैर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत दिनेश भट्टराई पदस्थापना भएकाे एक महिना मै भागेका छन् । भट्टराई भाद्र १७ गते संघीय मामिला सामान्य प्रशासन मन्त्रालयबाट प्रमुख प्रशासकीयकाे रूपमा पदस्थापना भएका थिए ।
उनी पदस्थापना भएकाे शुक्रबार एक महिना ९ दिन पुग्दै थियाे । गाउँपालिका स्राेतका अनुसार उनले प्रमुखका रूपमा एक महिनापनि काम गरेनन् । भट्टराईले असाेज २४ गते गते कायार्यालय सहयाेगीमार्फत पालिका अध्यक्ष दानबहादुर बुढालाई भ्रमण आदेश/ विदा स्वीकृतका लागि जानकारी गराएका थिए ।
शुक्रबार नै उनी पालिका छाेडेर गइसकेका छन् । अध्यक्ष बुढाले प्रमुख प्रशासकीय अधिकृतकाे विदा स्वीकृत गरेका थिएनन् ।
अध्यक्ष दान बहादुर बुढाले भट्टराईले जानकारी नै नगरेर भागेकाे बताए । ` असाेज २४ गते ११ बजे कायर्यालयमा आउँदा प्रमुख प्रशासकीय अधिकृत थिएनन् ।
साेधखाेज गदर्दा घर जान लागेकाे थाहा पाए । विमानस्थल पुगिसकेको खबर पाइयाे, ´ उनले भने,`पटकपटक फाेन र म्यासेज गर्दापनि प्रतिउत्तर आएन । त्यति नै बेला भुक्तानीकाे लागि आएका सेवनग्राहीले तालाबन्दी गरे ।´
भट्टराईलाई भेट्न केही सेवाग्राही कार्यपालिका सदस्यसहित आफै विमानस्थलमा पुगि दुई चार दिन बसिदिन आग्रह गर्दापनि अटेरी गरेकाे बुढा बताउँछन् ।
विमानस्थलमा तानातान भएकाे बुझिएकाे छ ।
पछि वडाध्यक्षहरु र हाकिम बीच तपाईं काममा फर्किनुहाेस् अध्यक्ष बुढाका अनुसार एक जलविद्युत आयाेजनाकाे ८६ लाख, भवन निर्माणकाे १५ लाख, दिपेन्द्र लामाकाे २८ देखि ३० लाख, शंकर बहुउदेश्यीय माध्यमिक विधालयकाे २३-२४ लाख र मदिरा विश्रामस्थलकाे ९ लाख गरी झण्डै डेढका याेजना रहेका छन् ।
श्रीमती गर्भवती छन्,छिटै जानुपर्ने भयाे : भट्टराई
गुठिचाैर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत दिनेश भट्टराईले काँज बिदा बाहेक अन्य विदाका लागि अध्यक्षकाे स्वीकृति नलिएकाे पाइएकाे छ । लर । म आफै कार्यालय प्रमुख हाे । दशैँ अघिकाे ६ दिन बिदामा आएकाे छु । मलाई भाग्याे भनेर अतिरञ्जित बनाईयाे ।´
प्रशासकिय अधिकृत भट्टराईले भने,”मलाई बिदामा जानू छ भन्ने कुरा अध्यक्ष,उपाध्यक्ष,कर्मचारीलाई १० दिन अघिदेखि थाहा थियाे । घरमा ६ महिनाकाे गर्भवती श्रीमती छन् । उनकाे स्वास्थ्यमा समस्या आएपछि तत्काल जानू पर्ने भएर शुक्रबार सबैलाई जानकारी गराएर आएकाे हुँ ।”
कर्मचारी,स्वास्थ्यकर्मि,शिक्षक तलब,दशैँ पेश्की तथा जनप्रतिनिधिकाे सेवा सुविधा सबै भुक्तानी गरेर आएकाे उनकाे भनाई छ । शिक्षक र स्वास्थ्यकर्मिकाे आजभाेली तलब पाेष्टिङ हाेला । आफ्नाे टेबुलमा आएका कुनै पनि फाईलकाे भुक्तानी नराेकिएकाे प्रशासकिय अधिकृत भट्टराईकाे दाबी छ ।
उनले थपे,”भुक्तानीका फाईनल कहाँ बाँकि छन् भनेर खाेज्दै जाने कुराे भएन् । टेबुलमा आएका कुनै पनि फाईल राेकिएकाे छैन । ”
गुठिचाैर गाउँपालिकामा अध्यक्ष दान बहादुर बुढा निर्वाचित भएर पदवहाली गरिसकेपछि डेढ वर्षकाे अवधिमा मात्रै भट्टराई सहित पाँच प्रशासकिय अधिकृत फेरिएका छन् ।
जुम्ला दर्पण । २६ आश्विन २०८०, शुक्रबार २२:०८