जुम्ला : राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही शुक्रबार विहान पुगेका गृह जिल्ला जुम्लामा पुगेका छन् । जुम्लाबाट प्रतिनिधिसभा सदस्य निर्वाचन लड्ने घोषणा गरेका शाही चुनाव प्रचारप्रसारका लागि गृह जिल्ला जुम्ला पुगेका हुन् ।
लामोसमयदेखि सामाजिक अभियान्ताका रुपमा क्रियाशिल उनी केही समय पहिले राप्रपामा प्रवेश गरेका थिए । पार्टीका केन्द्रिय प्रवक्ता समेत रहेका उनले उम्मेदवारी घोषणा गरेसँगै सामाजिक सञ्जालमा विभिन्न खालका चर्चा सुरु भएको छ । त्यस पश्चात उनले अहिले चुनावी अभियानमा सुरु गरेका छन् । शुक्रबार शाही जुम्ला पुगे ।
अघिल्लो दिन उनले आफ्नो फेसबुकमार्फत सो जानकरी गराएका थिए । उनलाई समर्थक तथा पार्टीका नेता कार्यकर्ताहरुले भव्य स्वागत गरेका थिए ।
यस्तो छ, शाहीको चुनावी कार्यक्रम
शाही चुनावी कार्यक्रम अन्तर्गत नै २७ गते जुम्ला पुगेका छन् । त्यसपछि उनी जिल्लाका विभिन्न क्षेत्रमा चुनावी सभामा सहभागी हुनेछन् । २८ गोठी ,पिङी सिँजा गाउपालिका, २९ गते गोठिज्युला ,कनकासुन्दरी , ३० गते जुगाड हिमा गाँउपालिका ,३१ गते रारालिही तिला गापालिका ,भदौ १ गते लिताकोट तातोपानी ,२ गते गुठिचौर झाँर ज्वाला ,३ गते पातरासी लासी, ४ गते पुन जुम्ला बजारमा जुम्लाका दाजु भाई सँग भलाकुसारी गर्ने बिहीबार फेसबुमा शाहीले पोष्ट गरेका थिए ।
जुम्ला दर्पण । २७ श्रावण २०७९, शुक्रबार २२:१०