जुम्ला : जुम्लामा जारी वडा कपकाे समुहकाे चरणमा पहिलो चरणकाे खेलमा तातोपानी-६ ले जित हासिल गरेकाे छ ।
समुह चरणकाे पहिलाे खेलमा तिला-४ लाई हराउँदै तातोपानी -६ ले जित हासिल गरेकाे हाे । निर्धारित समयमा दुवै टिमले समान १-१ गाेल गरेका गरेका थिए ।
पेनाल्टी सुटआउटमा भने तातोपानी-६ ले तिला-४ लाई ४-३ गाेल अन्तरले पराजित गरेकाे हाे । उक्त खेलमा तातोपानी-६ का धनबहादुर खड्काले पहिलाे हाफमा सुरूवाती गाेल गरेका थिए । पहिलाे हाफमै तिला-४ का क्याप्टेनले गाेल गरे ।
दाेस्राे हाफमा दुवै टिमले गाेल गर्न सकेनन् । निकै प्रतिष्पर्धात्मक खेलमा तातोपानी- ६ का खेलाडीले चाेट व्यहाेरे । पहिलाे खेलमा कठिन रूपमा जितेकाे तातोपानी-६ का टिम काेच शिव सुनारले बताए ।
उनका अनुसार पहिलाे हाफमा सुरूवाती अग्रता लिएपनि दाेस्राे हाफमा उतारचढाव व्यहोर्नुपर्याे । दाेस्राे हाफमा मुख्य खेलाडी घाइते भएपछि तातोपानी-६ दबाबमा परेकाे थियाे । पहिलाे खेलकाे कमजोरी दाेस्राे खेलमा सुधार गरेर जित्ने गरी खेल्ने टिमका म्यानेजर कृष्ण खड्काले बताए ।
तातोपानी-६ ले १५ गते दिउँसो ३ बजे टिम कनकासुन्दरीकाे सामना गर्नेछ । मंगलबारकाे पहिलाे खेल पातारासीलाई हराउँदै चन्दननाथ-१० ले जितेकाे थियाे ।
जुम्ला दर्पण । १४ कार्तिक २०८०, मंगलवार १४:३३