भुकम्पको धक्काले जुम्लाका घरहरुमा पुग्यो क्षति

जगत तिरुवा

जुम्ला । गएराती जाजरकाेट आसपास केन्द्रबिन्दु बनाएर गएकाे भुकम्पकाे धक्काले ताताेपानी गाउँपालिका वडा नं ४ निवासी हरि बहादुर खत्रीकाे घरमा क्षति भएकाे छ ।

सुतेकै काेठाकाे पर्खाल भत्कीएपछि निद्रामै घर बाहिर निस्कीएर मानविय क्षतिहुनबाट बचेकाे खत्रीले बताए । पर्खाल भत्किनुका साथै केहिभाग चर्किएकाे छ । भाैतिक क्षति भएपनि मानवीय क्षति नभएकाे तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए । उहाँले भन्नू भयो जाेखिमका हिसाबले घरमा बस्न सक्ने अबस्था छैैन् ।

यता प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जुम्लामा भुकम्पले गरेकाे क्षतिबारे कुनै सूचना नआएकाे बताए’ ।

भुकम्पले जाजरकाेट र रुकुम पश्चिममा ठुलाे जनधनकाे क्षति भएकाे छ । राहत र उद्दारमा जुट्न सरकारले अनुराेध गरेकाे छ ।