शुभाकर विश्वकर्मा,जुम्ला
असाेज ५ गते राति ३ बजेतिर गुठीचाैर-३ की बालकुमारी गिरी घर्तिमगर` अञ्जु´काे स्वास्थ्यमा समस्या आयाे । एक्कासि श्रीमतीकाे स्वासप्रस्वासमा घ्यार घ्यार भएपछि श्रीमान प्रेमराज गिरी आत्तिए ।
उनले आत्तिदै अञ्जु अञ्जु भन्दै बाेलाए । भमर्समा पानी ल्याएर खुवाए । लगत्तै उनलाई एकपटक वान्ता समेत भयाे । आफूसँगै सुतेकी श्रीमती मरणासन्न भएपछि प्रेमकाे हंसले ठाउँ छाेड्याे । उनी आत्तिए ।
आफन्तकाे सहयाेगमा सञ्जुलाई कर्णाली स्वास्थ्य विज्ञान,जुम्लामा ल्याइयाे । ३४ वर्षीया सञ्जुकाे टाउकाेमा रगत जमेेकाे पाइयाे । उनलाई थप उपचारका लागि हवाईजहाजबाट नेपालगञ्ज हुँदै सुर्खेत लगियाे ।
अस्पतालकाे शथ्यामा सञ्जु
त्यहाँ लिन वित्तिकै उनकाे टाउकाेकाे अप्रेसन भयाे ।
अप्रेसन प्रश्चात उनी उनकाे आँखा हेर्ने सक्ने भइन् ।
प्रेमराज भन्छन्,` अप्रेसनपछि टाउकोकाे डड्डी झिकेर ढाडमा राखिएकाे थियाे । तर,हड्डी कुहियाे ।´
चिकित्सकका अनुसार अन्य मेजर अप्रेसनका लागि हड्डी जीवित राख्न शरिरकाे अन्य भागमा राखिन्छ । त्यहाँ राखिएकाे हड्डी कुहिएपछि फेरि अप्रेसन गर्नु पर्याे ।
अञ्जु अहिले काेमामा छन् । शरिरकाे कुनै पनि अंग चल्दैन् । आँखाकाे चाल मात्रै छ ।
पूर्ण हाेसमा समेत छैनन् । दाेहाेराे संवादसमेत गनर्ने सक्ने अवस्थामा नभएकाे उनका श्रीमान बताउँछन् । दायाँतिरकाे हात र खुट्टा प्यारालाइसिस छ ।
टाउकाे लेफ्ट पार्टमा रगत जमेकाे छ । ५० दिनदेखि उनकाेे सघन कक्षमा राखेर उपचार भइरहेकाे छ । अवस्था गम्भीर भएकाेले सामान्य सुधार मात्रै भएकाे छ ।
सञ्जुकाे उपचारमा अहिलेसम्म ६-७ लाख सम्म खर्च भइसकेको छ । पारिवारिक आर्थिक अवस्था सामान्य रहेकी गिरीकाे ऋण सापटी र सहयाेगबाट हालसम्म उपचार चलिरहेकाे छ ।
सुरूमा उनलाई २८ दिन आइसियुमा राखिएकाे थियो ।दैनिक २० हजार खर्च लाग्थ्याे । अहिले दैनिक ७ हजार भन्दा बढी खचर्च आउँछ । ५ हजार अस्पताल चार्ज लाग्छ ।
`बिरामी र आर्थिक अवस्था नाजुक छ । सन्चो हुने आशामा उपचार भइरहेकाे छ । खर्च व्यवस्थापन गर्न हम्मेहम्मे छ,´ उनले भने । गुठीचाैर गाउँपालिकामा जागिरेसमेत रहेका गिरी झण्डै २ महिन यता हाजिरसमेत हुन पाएका छैनन् । यता श्रीमती काेमा छिन् । उता जागिरमा आउन ताकेता आइरहेको छ ।
दिनप्रतिदिन उपचारमा समस्या आइरहेको प्रेमले बताए ।
सञ्जुलाई भेट्न कणर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शमर्मा, पार्टी प्रदेश अध्यक्ष बिमला केसीसहित कालिबहादुर मल्ल भेट्न आएका थिए ।
स्वास्थ्य लाभकाे काम दिनुबाहेक उनीहरूले कुनैपनि प्रकारकाे सहयाेग नगरेकाे उनकाे गुनासाे छ । उनले सुनाए,` उहाँहरू आएपछि केही सहयाेग हाेला साेचेकाे थिए । तर, कुनै सहयाेग हुन सकेन । जिल्ला पाटर्टीले समेत अपेक्षित सहयाेग गरेन ।´ सञ्जुलाई सुर्खेत ल्याउन भने सामान्य भाैतिक सहयाेग भएकाे थियाे ।
`दु:खमा पार्टीले सहयाेग गरेन´
गिरी दम्पति पुर्व जनमुक्ति सेना हुन् । श्रीमान प्रेम छैटाे डिभिजनकाे स्वास्थ्य विभाग प्रमुख बटालियन कमाण्डर थिए । सञ्जु कम्पनी कमाण्डर थिइन् । जीवन- मृत्युुकाे दाेसादमा रहेकी अञ्जु जनयुद्धकी घाइते समेत हुन् ।
उनकाे दाँया हातकाे कुहिनामा गाेली लागेकाे छ । दाँया कान नसुन्नेे अवस्था थियाे । `हामी हिजाे जनयुद्धमा सामेल भएर याेगदान गर्याै । अहिले समस्या पर्दा पार्टीले हामीलाई सहयाेग गरेन ,´ प्रेम दु:खेसाे गर्छन् ।
उनीहरू जनयुद्ध लडेकाे पार्टी अहिले संघ र प्रदेशमा सरकाररमा छ । उनलाई आशा थियाे । दु:खमा परेकाे बेला काेहीपनि साथमा छैनन् । श्रीमतीकाे जीवन बचाउन रूपैयाँ चाहिएकाे छ । मेराे जीवनमा दु:ख पर्दा पाइन । उनका दुई वटा बच्चा छन् ।
`उनकाे जीवनकाे आर्थिक सहयाेग चाहिन्छ । उनी बचिन् भने बच्चा आमा भन्न पाउँछन् । बचाउने काेशिसमा छाै । यसै भन्न सकिने अवस्था छैन,´ प्रेम भन्छन् ।
जुम्ला दर्पण । २४ कार्तिक २०८०, शुक्रबार ११:३७