हिल्सा-सिमीकोट सडकलाई दुई लेन बनाउने सहमति

जुम्ला : नेपाल र चीनका बीचमा हिल्सा-सिमिकोट सडकलाई दुई लेन बनाउने सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीनको तिब्बतसँग जोडिएको नाकालाई सहज बनाउन दुई देशबीच सहमतिपत्रमा हस्ताक्षर भएकाे हाे ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओेली र चीनको CIDCA का उपाध्यक्ष याङ वेइकुन । तस्बिर साैजन्य : विष्णु रिजाल

अर्थ सचिव डा रामप्रसाद घिमिरे र चीनको CIDCA का उपाध्यक्ष याङ वेइकुनले पत्रमा हस्ताक्षर गरेका हुन् । याेसँगै तिब्बत स्वायत्त क्षेत्रको प्रमुख सम्पर्क बिन्दु हिल्सा-सिमिकोट सडक निर्माण लगायत चार वटा लेटर अफ एक्सचेन्जमा हस्ताक्षर गरिएकाे हाे ।

अन्य आयोजनाहरू चक्रपथ सुधार (कलंकी–बसुन्धरा ८.२ किलोमिटर), अरनिको राजमार्ग मर्मत सम्भार र ढलान स्थिरीकरण र कोरला (मुस्ताङ) मा आईसीपी र आईडीपी निर्माणको सम्भाव्यता अध्ययन भएकाे छ ।