मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातिय विवाह गर्ने जोडीलाई प्रोत्साहन स्वरुप एक लाख रकम उपलब्ध गराएको छ । छाँयानाथ रारा नगरपालिका–१० चराप गाँउका देविकृष्ण कामीको जोडीले अन्तरजातिय विवाह गरेपछि उनको जोडीलाई छायाँनाथ रारा नगरपालिकाले प्रोत्साहन बापत एक लाख रुपैँया उपलब्ध गराएको हो ।
छाँयानाथ रारा नगरपालिकाको आर्थिक वर्ष २०७९–०८० को नीति तथा कार्यक्रम अनुसार नगरप्रमुख स्वरोजगार कार्यक्रमअन्तरर्गत अन्तरजातिय विवाह गर्ने पहीलो पटक ती जोडीलाई छाँयानाथ रारा नगरपालिकाले प्रोत्साहन बापत एक लाख रकम उपलब्ध गराएको हो ।
सोरु गाँउपालिका–४ लिब्रकी २४ वर्षीया रञ्जिता बुढा र छाँयानाथ रारा नगरपालिका–१० का २५ वर्षीय देविकृष्ण कामीबीच दुई बवर्षसम्म प्रेम सम्बन्ध थियो । लामो समयको प्रेम सम्बन्धपछि दुवै जनाको सहमतिमा गएको माघ १३ गते विवाह भएको रञ्जिताले बताइन् ।
नेपालगञ्जमा रञ्जिता औषधि गर्न गएको बेला चिनचान भएको थियो । ‘चिनचानपछि फोनमार्फत कुरा हुँदै दुई वर्षसम्म प्रेममा रहयौँ’, उनले भनिन्, ‘दुवैको सहमतिमा भागेर माघ १३ आफ्नो घरमा विवाह भयो, अहिले दुवै जना खुसी छौँ ।’ ‘ससुरालीहरुले हामी दुवैलाई जे गर्नु गरिहाले पनि ज्वाईँ छोरीका रुपमा स्वीकार गरेको र माईति घरमा आउन अनुरोध गरेको कृष्ण कामीले बताए ।
समय मिलाएर माइती घरमा जाने निधो दुवै जनाले गरेको कृष्णाले बताए । छायाँनाथ रारा नगरपालिकाले अन्तरजातिय विवाह गर्ने जोडीलाई १२औँ नगर सभामा दलित नीति पास गर्दै अन्तरजातिय विवाह गर्ने जोडीलाई एक लाख प्रोत्साह रकम उपलब्ध गराउने नीती पास गरेको थियो ।
यसका बारेमा नगरपालिकाका कर्मचारी र जनप्रतिनधिले अन्तरजातिय विवाह गर्ने जोडीलाई प्रोत्साहन कार्यक्रम रहेको आफीलाई विवाहित जोडीलाई थाहा थिएन । कर्मचारी र जनप्रतिनिधिले जानकारी दिएपछि आफूहरुले आवश्यक काजपत्र पेश गरेपछि यो रकम पाउँदा दुवै जना निकै खुसी भएको ती जोडीले बताएका छन् । नगरपालिकामा नगरप्रमुखको हातबाट एक लाख रुपैँयाको चेक पाउँदा उनीहरुलाई खुसी लागेको छ ।
आफ्नो श्रीमती १२ कक्षामा पढ्दै गर्दा नगरपालिकाबाट पाएको उक्त रकम उनको पढाइमा खर्च गर्ने कृष्णले हर्षित हुँदै बताए । सामुदायिक सद्भाव कायम गर्नुका साथै जातिय विभेद अन्त्य गर्नका लागि नगरपालिकाले आर्थिक वर्ष २०७९–०८०को निति तथा कार्यक्रम अनुसार नगर भित्रका अन्तरजातिय विवाह गर्ने प्रत्येक जोडीलाई नगरपालिकाको १२औँ नगर सभाले पास गरेको दलित विधेयक अनुसार आर्थिक वर्ष २०७९–०८० साउन १ गतेदेखि लागु हुने गरी नगरपालिका भित्र अन्तरजातिय विवाह गर्ने जोडीलाई नग प्रमुख स्वरोजगार कार्यक्रमअन्तर्गत प्राप्त निवेदन अनुसार एक–एक लाख रकमको व्यवस्था गरिए अनुसार पहिलो पटक यी जोडीलाई एक लाख रकम उपलब्ध गराएको छाँयानाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामले जानकारी दिए ।
अन्तरजातिय विवाह गर्ने कामीको जोडीलाई आज छायाँनाथ रारा नगरपालिकामा नगर उपप्रमुख ऐश्वर्य मल्लले फूलमाला लगाएर स्वागत सम्मान गरेकी छन् भने नगरप्रमुख भामले एक लाखको चेक हस्तान्तरण गर्दै कामीको जोडीलाई प्रोत्साहन स्वरुप रकम उपलब्ध गराएको छायाँनाथ रारा नगरपालिकाले जनाएको छ ।
जुम्ला दर्पण । २२ कार्तिक २०८०, बुधबार २१:१५