२५ तस्विरमा हेरौ, तीनदिने गिडीताल (दह) सम्मेलन

सम्मेलनबाट गिडीतालको संरक्षण, प्रचारप्रसार र पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने गाउँपालिकाले विश्वास लिएको छ ।

जुम्ला  : जुम्लाको तातोपानी गाउँपालिकामा वडा नम्बर ४ मा रहेको गुमनाम गिडीताल (दह) को प्रचार प्रसारका लागि तीन दिने सम्मेलन सम्पन्न भएको छ ।

समुन्द्र सतहदेखी ३४८२ मिटर उचाईमा रहेको तातोपानी गाउँपालिका वडा नम्बर ४ को आयोजनामा गिडिताल (दह) मा सम्मेलन सम्पन्न गरिएको हो ।सम्मेलन असोज ४ गते सुरु भएको थियो ।

गिडीतालको विकास पर्यद्धन तथा प्रचारप्रसारका लागि सम्लेन्नका सम्मलेन आयोजना गरिएको वडाध्यक्ष अमरबहादुर रोकायाले बताए । उनका अनुसार यसले गिडीतालको प्रचारप्रसारमा निकै ठूलो महत्व राख्नेछ । सम्मेलनको नारा (प्राकृतिक स्रोतको संरक्षण गरौँ, गिडीताल दहको प्रवर्दन गरौ )भन्ने रहेको थियो ।

तीनदिनसम्म गिडीतालको वृहत विकासका लागि छलफल भएको गाउँपालिका अध्यक्ष नन्द्रप्रसाद चौलागाईले बताए ।

जुम्लाकै ठूलो ताल तर पूर्वाधार अभावले पहिचान हुन नसकेको गिडिदहको बास्तविक अवस्था र पर्यटकीय प्रवर्धन गर्न तातोपानी गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, ईन्जिनियरहरु, स्थानीय तथा पत्रकारहरुको टोली पुगेको हो ।

उनले निकै उत्साहपूर्ण सहभागिताका साथ सम्मेलन सम्पन्न भएको बताए । २५ तस्विरमा हेरौ गिडीताल दह सम्मेलन 

 

         तस्विर सौजन्य: नन्द्रप्रसाद चौलागाई, गुरुप्रसाद चौलागाई र खडानन्द चौलागाई