जुम्ला : प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार मनऋषि धितालले आफ्नाे चुनावी सङ्कल्पपत्र सार्वजनिक गरेका छन् । फागुन २१ गतेको निर्वाचनलाई लक्षित गरेर धितालले समृद्ध जुम्लाको साझा सङ्कल्पपत्र २०८२ सार्वजनिक गरेका हुन् । सङ्कल्पपत्रकाे सुरूमै उनले `दासता होइन, आस्थाको राजनीति गरौं ! स्वार्थको होइन, सेवाको राजनीति गरौं !! आश्वासनको होइन सङ्कल्पको राजनीति गरौ´भन्ने कुरालाई जाेड दिएका छन् ।

समृद्ध इतिहासको पुर्नजागरण,जुम्लाको नीतिगत नेतृत्व,पर्यटन विकास,कृषि क्रान्तिकाे लागि आफ्नाे उम्मेदवारी रहेकाे उनले उल्लेख गरेका छन् । यसैगरी सुशासन र समावेशीकरण,युवा रोजगारी सिर्जना,पूर्वाधार विकास र शिक्षा, स्वास्थ्यक्षेत्रकाे विकास गर्ने सङ्कल्प गरेका छन् ।
उनले भनेका छन्,`जुम्लाको भूगोल, माटो र जनसमुदायको संघर्ष र पीडालाई नजिकबाट बुझेको तपाईंहरूकै एउटा प्रतिनिधि हुँ। मेरो ३० वर्षको पत्रकारिता र राजनीतिक यात्रा जुम्लाको स्वाभिमान उच्च राख्न र यहाँको उपेक्षित आवाजलाई राज्यको केन्द्रसम्म पुऱ्याउनका लागि थियो । म त्यो प्रतिनिधि हुनेछैन जो चुनाव जितेपछि काठमाडौँका महलहरूमा हराउँछ । म तपाईंहरूको दुःखमा साथ दिने र जुम्लाको समृद्धिका लागि संसदमा निर्भीकताका साथ गर्जने पहरेदार हुनेछु ।´
सांसद हुनु मेरो लागि व्यक्तिगत लाभको विषय नभएकाे भन्दै आफ्नाे उम्मेदवारी जुम्लाका प्रत्येक गाउँपालिका र वडालाई बलियो बनाउँदै राजनीतिलाई पुनः जनताको हातमा फर्काउने एउटा पवित्र अभियान भएकाे बताएका छन् ।हिमाल, तालतलैया, प्रकृतिका उपहार हामीसंग छन्। हाम्रो पसिनाको रैथाने उत्पादन स्याउ, सिमि र मार्सी चामलको गौरव, पशुपालनको प्रचुरता, सिञ्जा सभ्यताको इतिहास अबको पाँच वर्षमा जुम्लालाई कर्णालीको मात्र होइन देशकै समृद्धिको एक नमूना जिल्ला बनाउने आफ्नाे अटल सङ्कल्प रहेकाे उल्लेख गरेका छन् ।
भ्रष्टाचार र कुशासनको सञ्जाल तोड्दै `दासताको होइन, आस्थाको र स्वार्थको होइन, सेवाको र सपनाको होइन सङ्कल्पको राजनीति गरौं´ भन्ने नारालाई म व्यवहारमा उतारेर देखाउने प्रण उनकाे छ ।`उच्च तहका योजनाकारबाट भुइँ तहका जनताको अनुभव र ज्ञानलाई केन्द्रमा राखेर जुम्लाको समृद्धि र विकासको खाका गरिनेछ´,धितालले भनेका छन् । जुम्लाको पहिचान र समृद्धिका लागि यो वैकल्पिक यात्रामा साथ दिन जुम्लाबासीलाई अपिलसमेत गरेका छन् । जुम्लाका आगामी पुस्ताका लागि एक सुन्दर, सुशिक्षित, सभ्य, स्वस्थ, स्वाभिमानी र स्वावलम्बी जुम्ला निर्माणको साझा सङ्कल्पका लागि आह्वानसमेत गरिएकाे छ ।
काे हुन् मनऋषि धिताल ?
जुम्लाकाे सिंजामा जन्मिएका धिताल विगत तीन दशकदेखि नेपाली समाजको रुपान्तरण र राजनीतिक आन्दोलनमा निरन्तर क्रियाशील छन् । पत्रकारितामा त्रिभुवन विश्वविद्यालयबाट स्नातक र पूर्वाञ्चल विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् ।
वि.सं. २०४६/४७ को जनआन्दोलनबाट राजनीतिक चेतना लिदै २०५०/२०५१ मा बामपन्थी राजनीतिमा सङ्गठित हुदै उनकाे राजनीतिक यात्रा सुरु भएको हो ।अध्ययनका क्रममा काठमाण्डौ गएपछि २०५२ देखि २०६३ सम्मको जनयुद्धमा जोखिमपूर्ण र त्यसपछिको शान्ति प्रक्रियामा वैचारिक र साङ्गठनिक रूपमा उनले महत्वपूर्ण जिम्मेवारीहरू निर्वाह गरें। पूर्व माओवादी केन्द्रको केन्द्रीय सदस्यसमेत हुन् ।
धितालकाे अर्काे परिचय : पत्रकार र लेखक
उनी पत्रकार र लेखक हुँ। उनले ३० वर्षको व्यवसायिक पत्रकारिता गरे । उनले पत्रकारका रूपमा सधै सत्य र न्यायको पक्षमा कलम चलाएँ। अंग्रेजी भाषाको ‘द फाइनल डे ज अफ पिपुल्स वार’, नेपाली भाषामा आधादर्जन जनयुद्धका डायारिहरु र पत्रकारिता, समालोचना र कबितामा आधादर्जन अन्य गरि एक दर्जनभन्दा बढी कृतिहरूको लेखन तथा सम्पादन गरेका छन् ।
‘जनादेश साप्ताहिक’ को सम्पादक रहिसकेका व्यक्ति हुन्,धिताल । जनादेशकाे सम्पादक रहदा डा. बाबुराम भट्टराई, पुष्पकमल दाहाल, के.पी. ओली, झलनाथ खनाल, माधव नेपाल लगायत पाँच भूपू प्रधानमन्त्री तथा सयौँ बाम तथा प्रजातान्त्रिक युवा राजनेताका वैचारिक लेख र अन्तरवार्ता सम्पादन प्रकाशन गरेका छन् ।
जीवनकाे अर्काे पाटाे : निस्वार्थ समाजसेवा
उनकाे परिचय केवल राजनीति र लेखनमा मात्र सीमित छैन। समाजको निस्वार्थ सेवा उनकाे जीवनको अभिन्न पाटो हो। देशमा मात्र नभई विदेशमा रहँदा पनि उनले सङ्कटमा परेका नेपालीहरूको उद्दार, मानसिक स्वास्थ्य समस्याबाट प्रभावित व्यक्तिको सहयोग गरेका छन् ।
लागूऔषध तथा जुवाको कुलतमा फसेका नेपाली युवाको पुनर्स्थापनाका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । काठमाडौँमा सफाइ अभियानदेखि समुदायस्तरमा पुस्तकालय स्थापना गर्ने कार्यसम्म उनले गरेका छन् । ‘गरे के हुँदैन’ भन्ने भावनाका साथ समुदायसँग काम गरेकाे अनुभव छ ।
यस्ताे छ,समृद्ध जुम्लाको साझा सङ्कल्पपत्रकाे पूर्णपाठ


शुभाकर विश्वकर्मा । ४ फाल्गुन २०८२, सोमबार ११:३६