रूकुम पश्चिम : २०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा ६ जनाको ज्यान जानेगरी भएको हत्याकाण्डको फैसला आज भएको छ ।
रुकुम जिल्ला अदालतले २४ जनालाई जन्मकैदको फैसला गरेको हो।
जिल्ला न्यायाधीस खड्क बहादुर केसीको एकल इजलासले उक्त घटनामा मुद्धा दर्ता भएका ३४ जना मध्य २४ जनालाई जन्मकैदको फैसला गरेको हो । पूर्पक्षका लागि थुनामा रहेका २३ जना र तारेकमा रिहा भएका एक जनासमेत गरेर २४ जनालाई जन्मकैदको फैसला गरेको हो ।
तारेकमा रिहा भएकी किशोरी र आमालाई जातिय छुवाछुत तर्फ दुई वर्ष कैद र ५० हजार जरिवाना भएको छ । तारेकमा रहेका अन्य आठ जनालाई उक्त मुद्धामा सफाई दिईएको छ ।
जुम्ला दर्पण । १९ मंसिर २०८०, मंगलवार १९:२५