जुम्ला: जुम्ला सदरमुकाम खलंगामा सञ्चालित मेडिकल कारबाहीमा परेका छन् । मापदण्ड विपरित सञ्चालित मेडिकल हलहरूलाई कारबाही गरिएकाे हाे । बाणिज्य आपूर्ति तथा उपभोक्ता सरंक्षण कार्यालय नेपालगन्ज बाँके, जिल्ला प्रशासन कार्यालय जुम्ला र घरेलु तथा साना उद्योग कार्यालय जुम्लाले संयुक्त मेडिकल अनुगमन गरेका थिए ।
अनुगमनमा क्रममा औषधि खरिद र बिक्रीको अभिलेख नराखेको तथा मेडिकल नविकरण नगरेको, नियमविपरित मेडिकल सञ्चालित देखिएपछि जरिवाना गरिएको हो । कारबाही पर्नेमा ओम मनिष पोलिक्लिनिक एण्ड रेफरल सेन्टर ,चन्दननाथ ओैषधि पसल र कर्णाली मेडिकल हल रहेका छन् ।
सेन्टरलाई ५० हजार, चन्दननाथ ओैषधि पसललाई ५० हजार र कर्णाली मेडिकललाई २० हजार जरिवाना गरिएको हो ।
मेडिकलहरू अव्यवस्थित र दायराभन्दा बाहिर सञ्चालन गरेको पाइएको छ । जुम्लाको सदरमुकाम खलंगामा बजारमा अवस्थित चन्दननाथ नगरपालिका विभिन्न ठाउँमा सञ्चालनमा रहेका मेडिकलमा अनुगमन गर्दा धेरै समस्याहरू देखिएका छन् ।
चेकजाँच गर्ने ठाउँ तथा औषधि राख्ने ठाउँ पनि राम्रो नभएको अनुगमन टोलीले बताएको छ । यहाँ सञ्चालित मेडिकल हलले अवैधानिक रुपमा गर्भपतन र निरोधकका औषधि पनि बच्ने गरेका पाइएको छ । अनुगमन टोलीले मेडिकल वालालाई अबका दिनमा यस्ता कार्य गरेको खण्डमा मेडिकलनै सिल गर्ने निर्देशन दिएको छ ।
जुम्ला दर्पण । ३० भाद्र २०८०, शनिबार १९:४७