डिल्ली अन्जान
जुम्ला । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले राष्ट्रिय सभाको उम्मेदवारका लागि यही पुस १५ सम्म सातवटै प्रदेशबाट आकांक्षीको नाम मागेको छ ।
पार्टी केन्द्रमा पनि सम्भावित नेताहरूको चर्चा चलिरहेको छ । त्यसका लागि कर्णालीबाट राष्ट्रियसभाका लागि उम्मेदारहरुको चर्चा हुन थालेको छ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कर्णालीबाट तीन वटा सिटका लागि प्रतिस्पर्धा हुँदैछ ।
अहिलेसम्म राष्ट्रियसभा सदस्यका लागि कर्णालीमा माओवादीले उम्मेदारको नाम सार्वजनिक गरिसकेको छ्र्रैन । नेताहरु आफुलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउनबारे लविङ गर्न थालिसकेका छन् । अहिलेसम्म चर्चामा रहेका नेताले खुलेर त्यसबारे नबोले पनि पार्टीमा कसलाई पठाउँदा ठीक होला भनेर नेताहरूको नाममा चर्चा हुन थालेको छ । कर्णालीबाट नयाँ अनुहार र पुराना नेताहरुको नामका बारेमा चर्चा हुन थालेको छ । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पूर्व पशुपंक्षी राज्यमन्त्री गोमा गौतम (कुँवर) कर्णालीबाट राष्ट्रिय सभामा उम्मेदवार बन्ने निश्चित जस्तै छ ।
कर्णालीबाट राष्ट्रिय सभाका लागि आफू नै बलियो उम्मेदवार भएको गौतमले बताउनु भयो । ‘पार्टीले उम्मेदवार बनाउने कुरा हो । धैरे साथीहरुले रुचि समेत राखेका छन् ।’ उहाँले भन्नुभयो, ‘जुम्ला लगायत कर्णालीको विकासका लागि केन्द्रिय राजनीतिकमा साविको कर्णालीबाट कुनै नेताको पहुँच राम्रोसंग पुग्न सकेको छैन । अझै माथिल्लो कर्णालीलाई हेर्ने केन्द्रिय राजनीतिकको नजर फरक छ । संग्रम कर्णालीको विकासदेखी केन्द्रिय राजनीतिकमा यहाँको समस्यालाई समाधान गर्नेका लागि राष्ट्रियसभामा आफ्नो भुमिका महत्वपुर्ण रहने भएकोले राष्ट्रियसभा सदस्यका लागि इच्छा प्रकट गरेको हुँ ।’
पार्टीको माथिल्लो कमिटिमा भने पदाधिकारी लगायत त्यसमा पनि २०७९ को चुनावमा पराजितहरूका बारेमा राष्ट्रियसभामा उम्मेदवारको बहस चल्न थालेको छ । चुनावमा पराजितहरूले अहिलेसम्म आफैँले मुख नखोले पनि पार्टीले पुनःराष्ट्रियसभामा अवसर दिनपर्ने नेताहरू बताउँछन् । केन्द्रमा भने पदाधिकारीकै बारेमा दबाब बढ्न थालेको छ । माओवादीका एक केन्द्रीय सदस्य अघिल्लो वर्ष चुनाव हारेकाहरूकै बारेमा चर्चा चलेको भन्दै उनीहरूलाई पुनः अवसर दिन नहुने बताउँछन ।
कर्णालीबाट राष्ट्रियसभामा गोमा गौतम (कुँवर),विष्णु विक, टीका बुढाथोकी, र दिपेन्द्र रोकायाको चर्चा र दाबी दुवै रहेको एक केन्द्रीय सदस्यले जानकारी दिनुभयो । प्रदेश अन्तर्गत सबै जिल्लाबाट नाम मागेको नेकपा मओवादी केन्द्र कर्णाली प्रदेश कमिटीले जनाएको छ ।
यस्तो छ गौतमको राजनीतिक यात्रा
जुम्लाको तातोपानी गाउँपालिकाको – ४ स्थित गौतमबाडामा वि.स.२०३९ माघ १० गते जन्मिएकी गौमत २०५५ सालमा नेकपा माओवादीमा भूमिगत हुनु भएको थियो । स्कुल विद्यार्थी संगठनहुदै २०५६ मा जनमिलिसियाबाट महिला प्लाटुन कमिसार,मुगु जिल्लाको सेक्रेटरी भएर जिम्मेवारी पुरागरी सकेकीछन् ।
हाल महिलाको केन्द्रीय सचिव,नेकपा माओवादी केन्द्रीय सदस्य तथा वैकल्पिक पोलिटब्युरो सदस्य समेत छन् । २०७० सालमा संविधानसभा सदस्यको पहिलो पटक संसदीय यात्रा सूरु गर्नुभएको थियो । नेकपा माओवादी केन्द्रको पोलिटब्युरो सदस्यको विशेष जिम्मेवारीमा भई काम गरेको अनुभव छ गौतमसँग ।
२०७४ मा पशुपंक्षी राज्यमन्त्रीको छोटो समयमा कार्यकारी पदमा बसेर जिम्मेवारी पुरा गरिसक्नु भएको छ । तीन महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको मुगु जिल्लाको इन्चार्ज भई कुशलतापुर्व संगठन निर्माणमा महत्वपूर्ण भुमिका खेल्नु भएको थियो । पार्टीले दिएको तीन महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियानलाई मुगुमा सफल पारेकोले अगामी राष्ट्रियसभामा गौतमलाई उम्मेदवार बन्न सहज भएको पार्टी भित्रमा चर्चा परिचर्चा हुन थालेको छ ।
जुम्ला दर्पण । १२ पुष २०८०, बिहीबार १३:११