जुम्ला : स्व. दीपबहादुर स्मृति प्रतिष्ठान, तातोपानी–६ जुम्लाले प्रदान गर्दै आएकाे ‘स्व. दीपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार २०८२’ पत्रकार लक्ष्मी कन्या न्यौपानेलाई प्रदान गरिने भएको छ ।
असाेज २७ गते प्रतिष्ठानका अध्यक्ष शुभाकर विश्वकर्माको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्णप्रसाद चाैलागाईंको उपस्थितिमा बसेको बैठकले पत्रकार न्यौपानेलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । पत्रकार न्याैपाने विगत एक दशकदेखि पत्रकारितामा क्रियाशील छन् ।
हाल रेडियो नारी आवाज जुम्लाकी स्टेशन म्यानेजर तथा समाचार सम्पादकसमेत छन् । न्युज सराेकार डटकमसमेत सञ्चालन गर्छिन् । नेपाल पत्रकार महासंघ शाखा जुम्लाकाे कायर्यसमिति सदस्यसमेत रहेकी न्याैपाने महिलाहरूका मुद्दामा कलम चलाउँदै आएकी छन् ।
उनलाई १० हजार रुपैया राशीको पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय गरिएकाे प्रतिष्ठानले एक प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिएकाे छ ।
आगामी कार्तिक महिनाको १ गते विशेष समारोहबीच प्रदान गरिने प्रतिष्ठानले जनाएकाे छ ।यस पुरस्कारमार्फत हरेक वर्ष कर्णाली क्षेत्रका क्रियाशील पत्रकारलाई सम्मान गरिँदै आएको छ । यसअघिका तिनजना पत्रकारहरू पनि यो पुरस्कारबाट सम्मानित भइसकेका छन् ।
न्यज सरोकार अनलाइन पत्रिकाको सञ्चालक समेत रहेकी न्यौपाने यस अघि नेपाल पत्रकार महासंघ जुम्लाद्धारा प्रदान गरिने गौरी पदम स्मृति पत्रकारीता पुरस्कारबाट पनि पुरस्कृत भएकी थिइन् ।
जुम्ला दर्पण । २८ आश्विन २०८२, मंगलवार ०९:५१