जुम्ला :वडा दशै तथा दिपावलीकाे अवसरमा खुल्ला पुरूष फुटबल प्रतियोगिता सुरू भएकाे छ । गिडि दह युवा क्लब तातोपानी -४ काे आयाेजनामा खुल्ला पुरूष फुटबल प्रतियोगिता सुरू भएकाे हाे । आइतबार नेकपा माओवादी केन्द्र जुम्लाकी सह-इन्चार्ज गाेमा कुँवरले तातोपानी -४ स्थित मैदानमा प्रतियोगिताकाे उद्घाटन गरेकी थिइन् ।

उक्त अवसरमा बाेल्दै उनले फुटबल व्यक्तिगत काैशल प्रदर्शन गर्ने खेल भएकाेले अनुशासित भएर खेल्न आग्रह गरिन् । उनका अनुसार जिल्लास्तरीय फुटबल प्रतियोगिता भएकाेले सबैकाे सहयाेग आवश्यक छ ।
`चाडपर्वकाे अवसरमा प्रतियोगिता सुरू भएकाे छ । शान्त र मर्यादित बनाउन आवश्यक छ । खेलमा जित हार स्वाभाविक भएकाे भन्दै विवादित बनाउनु हुदैन,´ उनले भनिन् ।
प्रतियोगिताकाे पहिलो दिन दुई खेल भएका थिए । पहिलाे खेलमा आयाेजक गिडि दह युवा क्लब `बी´लाई १२-० गाेलकाे फराकिलो अन्तरले जुम्ला एफसी विजयी भएकाे छ । जुम्ला एफसीलाई जिताउन रूविन भण्डारीले तीन गाेल गरे ।

यस्तै लक्ष्मी भण्डारी, सुरेश नेपाली र अमृत विष्टले समान २/२ गाेल गरे । यस्तै सुनिल थापामगर,खड्क कट्टेल र शिखर शाहीले एकएक गाेल गरेका थिए । प्रतियोगिताकाे पहिलो दिनकाे दाेस्राेे खेलमा आयाेजक गिडि दह युवा क्लब `ए´लाई पेनाल्टी सुटआउटमा ५-४ गाेल अन्तरले ब्ल्याक डायमण्ड एफसी विजयी भयाे ।
प्रतियोगितामा कुल ३३ टिमकाे सहभागीता रहेकाे छ । गिडि दह युवा क्लबका अध्यक्ष गणेश जैसीका अनुसार प्रतियोगिता असाेज २९ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताकाे विजेताले कुल १ लाख १ हजार १ सय ११ रूपैयाँ पुरस्कार पाउने अध्यक्ष जैशीकाे भनाई छ ।

जुम्ला दर्पण । १९ आश्विन २०८२, आईतवार १९:२७