मुगुमा पहिरोको त्रासले ३५ दलित परिवार रातभर जागराम

नन्द बहादुर रोकाया
असार २३, मुगु
जिल्ला स्थित सोरु गाउँपालिका—४ रावलबाडा गाउँका ३५ दलित परिवार बाढी पहिरोको त्रासले रातभर जागराम बस्न थालेका छन । असार २१ गते बिहान गाउँको माथि बाट बर्षासंगै उर्लेर बाढी आएर खेतीयोग्य जग्गा बगरमा परिणत गरि गाउँ जोखिम बनेपछि ३५ दलित घरका करिव १ सय ७५ स्थानीय त्रासले रातभर जागराम बस्ने गरेका छन ।

गत बर्ष पनि यही समयमा गाउँ माथि बाट बाढी आउदा खेतबारीको अन्नबाली तहसनहस पारेको थियो । यो पटक पनि सोही स्थान बाट बाढी आएर जग्गा जमिन लहसनहस बनाए पछि दलित परिवारलाई उठिबास हुन थालेको छ । बाढी पहिरोको डरले हामी राति सुत्दैनौ रावलबाडा गाउँका ४७ बर्षिय जाड नेपालीले भने बर्षा हुदा बित्तिकै माथि बाट बाढी पहिरो आएर खेतीयोग्य जग्गा जमिन बगर बनाई सक्यो ।

नेपालीले दुखेसो पोख्दै भने बीच हामी दलित परिवारका घर छन वरिपरि बाढी पहिरोले तहसनहस बनाई सक्यो । राति बाढी आएपछि बगिजौला भनेर रातभर गाउँले जम्मा भएर घरको क्षतमा जागराम बस्ने गरेको दानसिह नेपालीले बताए । बर्षा सुरु भएपछि देबि देउता पुर्कादै घरमा बस्नु परेको उनले सुनाए । कोही ओढओछयान बोकेर गाउँ भन्दा ५ मिनेट पर प्राथमिक बिद्यालयको भवनमा सुत्न जाने गरेका छन ।

बर्खा लागेपछि रावलबाडा गाउँको माथि बाट पनि माथि बाढी पहिरो आउने र गाउँको मुनितिर बाट पनि जमिन भाँसिदै जान थालेपछि ३५ दलित परिवारलाई आफनो ज्यान देखि धनसम्पति जोगाउन सास्ती हुन थालेको छ । हुम्ला कर्णाली नदीले गाउँमुनीको जमिन कटान गर्दै जान थालेपछि बस्ती नै भाँसिदै जान थालेको छ ।

रावलबाडा गाउँका ३५ दलित परिवार बाढी पहिरोको उच्च जोखिमा रहेको सोरु गाउँपालिका—४ का वडाअध्यक्ष गोर्ख मल्लले बताए । अध्यक्ष मल्लका अनुसार झरी पर्न थालेपछि बाढी पहिरोको त्रासले दलित परिवार रातभर जागराम बस्ने गरेका छन । बाढी पहिरोको उच्च जोखिममा रहेको रावलबाडा बस्तीलाई सरकारले अन्यत्रा स्थानमा सार्न अति जरुरी भइसकेको वडाअध्यक्षले सुनाए ।

रावलबाडा गाउँका दलित परिवारले बस्ती अन्यत्रा सारि दिन गाउ“पालिका, कर्णाली प्रदेश र संघीय सरकार सित बारम्बार गुहार माग्दै हैरान भएपनि कार्यन्वयन नहु“दा चिन्तित छन । रावलबाडा गाउँ बाढी पहिरोको उच्च जोखिम छ सोरु गाउ“पालिकाका अध्यक्ष धर्मबहादुर शाहीले भने बजेट अभावका कारण उक्त बस्ती अन्यत्र सार्न गाह्रो भइरहेको छ ।

सोरु गाउ“पालिका भरिका ५५ बटा बस्ती मध्ये दलितको बाहुल्यता रहेको रावलवाडा गाउँ बाढी पहिरोको जोखिममा रहेको अन्यत्र सार्न अति आबश्यक देखिएको उनको भनाई छ ।