खष भाषाको बृहत् शब्दकोष लाेर्कापण

पुरा भयाे आचार्यकाे शब्दकोष सपना

जुम्ला : खसिया आखर (  खष भाषाकाे शब्दकाेष ) लाेर्कापण गरिएकाे छ । नेपाल प्रज्ञा प्रतिष्ठानकाे समन्वय र सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश सरकारकाे आयाेजनामा शब्दकोष लाेर्कापण गरिएकाे हाे ।

शब्दकोष लाेर्कापणमा मध्यपश्चिम साहित्य परिषद्काे सहकार्य रहेकाे थियाे । करिब डेढदशकको अनवरत प्रयासपछि कर्णालीकै अग्रज रमानन्द आचार्यकाे प्रधानसम्पादकत्वमा “खसिया’ आखर” प्रकाशन  भएकाे हाे ।  शब्दकोषमा  ४० हजारबढी शब्द छन् । शब्दकोष  १४०० बढी पृष्ठको  छ ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले शब्दकोष  प्रकाशित गरेकाे हाे । शब्दकोष लाेकर्कापणमा बाेल्दै कणर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले नेपाली भाषाको मातृभाषाको रूपमा रहेको खास भाषाको जगेर्ना र पुस्तान्तरणमा टेवा पुग्ने अपेक्षा गरिएको  बताए। भाषा, संस्कृतिको पुस्तान्तरणका लागि यस किसिमका पुस्तकहरू मार्गदर्शन बन्ने उनले बताए।

भाषाशास्त्री प्राध्यापक डा. माधवप्रसाद शास्त्रीले शब्द प्रकाशन कार्यालयले कर्णालीको भूगोल, शिर उच्च राख्ने कार्य भएको बताए। ‘कर्णालीको एक छाती चौडा भएको छ, भूगोलको एक चुचुरो थपिएको छ,’ उनले भने, ‘शब्दकोश लेख्ने कार्य सजिलो छैन, यो जटिल कार्य गर्ने साहस गर्नुभएकोमा गौरवान्वित भएका छौँ।’

प्रज्ञा परिषद सदस्य डा. मधुसुदन गिरीले कर्णालीको संस्कृति सम्पदाहरूको चर्चा गर्दै यसको संरक्षण र जगेर्नाको लागि अभियान बनाउन जरुरी भएको बताए। शब्दकोशले कर्णालीको खास भाषा बुझ्न र अध्ययन गर्न सहयोग प्राप्त हुने बताए।