जुम्ला : जुम्लामा जारी वडा दशै तथा दिपावलीकाे अवसरमा आयाेजित खुल्ला पुरूष फुटबल प्रतियोगितामा जुम्ला एफसी सेमिफाइनल प्रवेश गरेकाे छ ।
आइतबार भएकाे पहिलाे क्वाटरफाइनल खेलमा हाँकु एफसीलाई पेनाल्टी सुटआउटमा ४-१ गाेल अन्तरले हराउँदै जुम्ला एफसी सेमिफाइनल प्रवेश गरेकाे हाे । खेलकाे निर्धारित समयमा १-१ गाेलकाे बराबरीमा सकिएकाे थियाे ।
पेनाल्टीमा उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधि दाबेदार टिमका रूपमा रहेकाे जुम्ला एफसी सेमिफाइनल प्रवेश गर्ने पहिलाे टिम बनेकाे छ ।
प्रतियोगिता अन्तर्गत आइतबार तीन भएका थिए । आइतबार भएकाे दाेस्राे खेलमा पेनाल्टीमा साथी एफसीलाई ३-१ गाेल अन्तरले हराउँदै घाेगेसिम युवा क्लब विजयी भयाे । दुुवै टिमले निधर्धारित समयमा १-१ गाेलकाे बराबरी गरेपछि पेनाल्टीमा घाेगेसिम विजयी भएकाे हाे ।
आइतबार पहिलाे खेल फाेइ कालिका र एच वानबीच भएकाे थियाे । उक्त खेलमा एच वान विजयी भयाे ।साेमबार पनि तीन खेल हुने आयाेजक गिडि दह युवा क्लबले जनाएकाे छ । पहिलाे खेल ताताेपानी -६ र बुद्व एफसीबीच खेल हुनेछ । जित्ने टिम सेमिफाइनल प्रवेश गर्नेछ ।
यस्तै थप दुई क्वाटरफाइनलका खेल हुनेछन् । सेमिफाइनल प्रवेशका लागि ब्ल्याक डायमण्ड र जेनजी एफसी तथा एच वान र घाेगेसिम युवा क्लबबीच खेल हुनेछ । जित्ने दुई टाेल सेमिफाइनल प्रवेश गर्नेछन् । साेमबार सेमिफाइनल पुग्ने तीन टाेलीकाे टुंगो लाग्नेछ ।

जुम्ला दर्पण । २६ आश्विन २०८२, आईतवार २०:१०