महिलालाई नेतृत्व तथा क्षमता विकास तालिम सञ्चालन

जुम्ला : जिल्लाकाे गुठीचाैर गाउँपालिकामा महिलाहरुलाई नेतृत्व तथा क्षमता विकास गर्ने उदेश्यले १ दिने तालिम संचालन गरिएको छ । गुठिचौर गाउँपालिका महिला बालबालिका शाखाको आयोजनामा जुम्ला जिल्लाको गुठिचौर गाँउपालिकाका वडा नम्बर ४ का छरीएर रहेका साना किसान तथा विपन्न महिलाहरुलाई तालिम संचालन गरिएको हो ।

नेतृत्व तथा क्षमता बिकास दिगो जीविकोपार्जन र महिला शशक्तीकरणका लागि १ दिन तालिम संचालन गरिएको गुठिचौर गाउँपालिका महिला बालबालिका शाखा प्रमुख सुस्मिता थापाले बताए । तालिमा अवधीभर थापाले महिला नेतृत्व तथा क्षमता बिकास, सामाजिक रुपमा पछाडि परेको वर्गका महिलालाई क्षमताको अभिबृदी गर्दै नेतृत्वमुखी बनाउने उदेश्यले यो कार्यक्रम गरिएको उनले बताए । तालिममा सहभागी महिलाहरुले आफुहरुले तालिम बाट सक्षम कसरी बने तथा ब्यावहारीक ज्ञान समेत प्राप्त गरेको बताएका छन् । कुनै पनि कुप्रथा अन्त्यका लागी अग्रसर भएर लाग्ने तालीम सहभागी महिलाले प्रतिबद्धता जनाएका छन् । महिला पुरुष एक रथमा दुई पाङ्ग्रा भन्ने गरेको भए पनि महिलाहरु भने पन्चर भएको पाग्रा जस्तै भएको प्रतिकृया दिएका छन् ।

महिलाहरुलाई अघि बढ्न परम्परागत रुढीबादी परम्पराले समेत छेकेको बताउदै गुठिचौर गाँउपालिका वडा नम्बर ४ की गंगा खत्रीले भने । सामाजीक कृयाकलापहरुमा पुरुषको हाली मुहाली भएको बताए । महिलाहरुको कुरा खास्सै लाग्ने नगरेको उहाँको भनाइ छ । खत्रीले थपे, पहिलेको भन्दा धेरै परिवर्तन भएको तर अझै परिर्वतन गर्न जरुरी देखिएको बताउनु भएको छ । हामी महिलाहरुले महिलाहरुलाई नै हिंशा गरी रहेका हुन्छौ पहिला यो प्रवृतिको अन्त्य गर्नका लागी हामी महिलाहरु नै एकजुट हुन जरुरी रहेकोमा उनको जोड छ ।

यस्तै गुठिचौर गाउँपालिकाका महिलाहरुलाई विभिन्न सचेतना मुलक गोष्ठी तथा तालिम बाट पछिल्लो समयमा महिलाहरु शशक्तीकरण हुदै गएको र विभिन्न समुहको समेत नेतृत्व हुने भएका कारण पहिलेको जस्तो महिलापुरुष विच धेरै विभेद नरहेको र महिला माथि हुने हिंसा समेत अहिले सहेर बस्न हुदैन भन्ने क्षमता विकास महिलामा भएको छ । महिला महिलाहरुले सहेरै बस्नु पर्छ पुरुषले जे गरेपनि सहनु पर्छ भन्ने सोच थियो तर अहिले महिलाहरु सचेत भै सकेका कारण आफु माथि हुने अन्यायका विरुद्ध आवज उठाउने गरेको गुठिचौर-४ कि ललिता न्यौपानेले बताइन्  । पहिला भन्दा परिवर्तन भएको सुनाउदै भनुभयो, झोलिला खाने कुरा खान थिएनौ,नुन र रोटी खान थियौ, अहिले जे चुलोमा पाक्छ तेहि खाने गरेको बताउनु भएको छ । उहाँले राम्रो जमाना आएको छ, १३ बर्षा बिहे गर्‍या हुँ । असरबारे जानकारी नहुदा बिहे गरेको उनी बताउछन् ।
त्यस्तै, समय बदलिँदो छ् यो सगै हामी महिला पनि बदलिनु जरुरी रहेको निरमाया न्यौपानेको टिप्पणी छ । उनले पुरानो कुरालाई जोडदै, घुम्टो किन उढिनस , महिनावारी भएको बेला बेस्सरी काम गर्नु पर्छ भन्ने मानसिकतामा अहिले आएको उनको भनाइ रहेकोे थियो

यस्तै आफु महिनावारी हुँदा पलिहे सेनेटरी प्याड समेत लगाउन पर्छ भन्ने कुरा जानकारी सम्म नपाएको बताउदै निर्मला नेपालीले भने ‘अहिले सबै कुराको सहजता भएको सुनाउनु भयो ।

यस्तै तालिममा अन्य महिलाहरुलाई समेत आवश्यक रहेको र यसले क्षमता विकासमा मात्रै परिवर्तन नभई महिलाहरुको आनीबानि तथा सरसरफाईमा समेत सचेत गराउने भएका कारण ग्रामीण बस्तिमा यस्ता तालिम तथा गोष्ठीहरु हुन आवष्यक रहेको गुठिचौर गाउँपालिका ३ का धनबहादुर बुढाले बताउनुभयो’ घर परिवार र समुदायको महिला नेतृत्व बढाउन तथा सबै कामको लागी पनि घरबाटै सुरु गर्न आवश्यकता देखिएको बताए ।  मुहान सफा भए मात्रै धारा सफाइ हुने हुँदा, प्रथमतः आमा नै परिवर्तनको जिम्मेवार ब्याक्ती भएको बताए । सबै कुप्रथाको अन्त्यका लागी आमाबाबु बाट मात्र संभावना रहेकोे बुढाको तर्क छ । आमा सफा नभए सबै कुरा सफा हुने उनको भनाइ छ । विकास भनेको सडक, खानेपानी, स्वास्थ्य शिक्षा मात्रै नभई मानिसको मष्तिकको चेतना मुल बिकास भएको औल्याउनु भयो ।

गुठिचौर गाउँपालिका महिला बालबालिका शाखा प्रमुख थापाले भनिन यस कार्यक्रम बाट लक्षित बर्ग महिलालाई ठुलो सहयोग मिलेको र आगामी दिनहरुमा यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाउने बताउदै थापाले भने, साँच्चीकै यस कार्यक्रमले महिलाहरुमा केही परिवर्तन भएको पाएको बताउनुभयो । हिंशा सहेर बस्नु हुदैन , रुढिबारी परम्पराका विरुद्ध आवज उठान गर्नु पर्छ र महिनावारी सरसफाईका कुरामा समेत ध्यान दिन पर्छ भन्ने कुरामा परिवर्तन भएको पाएको सरकारवाला निकाय बताउँछ ।