जुम्लामा द्वन्द्व -संवेदनशील पत्रकारिता सम्बन्धि कार्यशाला सुरू

जुम्ला : जुम्लामा द्वन्द्व -संवेदनशील पत्रकारिता सम्बन्धि आवासीय कार्यशाला प्रशिक्षण सुरू भएकाे छ । मिडिया एक्सन नेपालकाे आयाेजनामा तीन जिल्लाका पत्रकारहरूकाे सहभागीतामा द्वन्द्व -संवेदनशील पत्रकारिता सम्बन्धि आवासीय कार्यशाला प्रशिक्षण सुरू भएकाे हाे ।

मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तका अनुसार कर्णाली प्रदेशका पत्रकारलाई द्वन्द संवेदनशील पत्रकारिताबारे जानकारी दिने उद्देश्यले तालिम सुरू भएकाे हाे ।

तालिममा जुम्लासहित मुगु र कालीकाेट सहभागी छन् । तालिम दुई दिनसम्म सञ्चालन हुनेछ । तालिममा २० जना पत्रकार सहभागी छन् । याे तालिम यसअघि सुर्खेत र रूकुम पश्चिममा सञ्चालन भएकाे थियाे ।

हालसम्म कर्णालीका ६० जना पत्रकारलाई तालिम प्रदान गरिएकाे छ । तालिमका प्रशिक्षकका रूपमा मिडिया एक्सन नेपालका अध्यक्ष पन्त र अन्नपूर्ण एक्सप्रेसका कमलदेव भट्टराई रहेका छन् ।