जुम्ला : जिल्लामा बालबिवाहका घटनाहरु दिनप्रतिदिन बाहिर आउन सुरु गरेका छन्। कानुनी कुराको जनकारी र चेतनामा कमि भएका कारण गाउँघरमै लुकेर रहेका बालविवाहका घटनाहरु आजभोली बाहिर आउन थालेका छन्।
बालबिवाह न्यूनिकरणका लागि सरकारी र गैरसरकारी संस्थाबाट बिभिन्न प्रयास भएपनि न्यूनीकरणमा कमी नआएका बेला स्थानीय सकारले त्यसको चासो लिएर काम गर्न थालेका छन । गुठिचौर गाँउपालिका ४ वडाले वाल विवाह न्यूनिकरणका लागि सचेतना फैलाउन अभियान अन्तर्गत वडामा वुधबारबाट माईकिङ सुरु गर्ने भएको छ । गुठिचौर४ का वडा सदस्य तथा कार्यबाहक अध्यक्ष धर्मलाल जैसिको अध्यक्षतामा वसेको छलफलमा ५ वटा निर्णय गरेको छ ।
कार्यक्रममा बोल्दै, गुठिचौर गाँउपालिका महिला तथा वालवालिका शाखा प्रमुख सुस्मिता थापाले बाल बिवाहका कारण धेरै जना किशोरी र बच्चा दुबैको ज्यान जोखिममा पर्ने गरेको बताए।
उम्मेर नपुगि बिवाह गर्दा शारीरिक र मानसिक रुपमा कमजोर हुने कुरालाई ध्यानमा राखेर वडा भित्र अभियान संचालन गर्ने कार्यबाहक अध्यक्ष धर्मलाल जैसि बताए। बालविवाह मुक्त वनाउनका लागी काम गदै आई रहेको कार्यबाहक अध्यक्ष जैसिले बताएका छन्।
यो आर्थिक वर्षमा वाल विवाह मुक्त वडा घोषणा गर्ने काम अगाडि वढेको उहाँको भनाई छ। अहिले वाल विवाह भएपनि खुलस्त त रुपमा वालविवाह नभएको उनले बताए ।
समुदायमा बालबालिकाको अधिकारका बारेमा चेतना जगाउन, समूह संग प्रत्यक्ष छलफल गर्ने बाताबरण सृजना गर्न, नेतृत्व र आत्मविश्वासको भावना बिकास गर्न, बालविवाह भनेको के हो, बालविवाह गर्दा हुने बेफाइदा बालविवाहका असर, शुरक्षित जन्मदर्ता पाउने अधिकार लगायतका बिषयमा घरदैलो अभियानमा कार्यबाहक अध्यक्ष धर्मलाल जैसि छलफल गरिने भएको छ ।
वुधबार बाट वडामा र्माईकिङ गरिने भएको छ भने, त्यस्तै लछफलबाट पर्चा, पंम्पलेट, पोष्टर र सार्वजनिक ठाउँमा सुचना टास गर्ने, वाल विवाह विरुद्धको माईकिङ वुधबार र शनिबार गरिने र बाल अधिकार समितिबाट २ जना र प्रहरि चौकिबाट २ जना, रेडियोबाट बाल विवाह सम्बन्धिका जिंगल, सुचना प्रशारण र विद्यालय स्तरिय अन्तक्रिया कार्यक्रम गर्ने निर्णय भएको कार्यबाहक अध्यक्ष जैसिले जानकारी दिए ।
सचेतना अभियानका कार्यक्रम संचालन गर्न आवश्यकता हुने प्रहरि चौकिका इन्र्चाज पृथ्वि वहादुर वुढाले वताएका छन् । छलफल कार्यक्रमा वडा सदस्य र वडा सचिव गोपाल खत्रि, प्रहरि चौकि झारज्वाला हवल्दार लिलराम डागि, रेडियो गुठिचौरका कार्यक्रम संयोजक राम प्रकाश विक, सत्यबादी माध्यमिक विद्यालयका शिक्षक चन्द्र प्रसाद पाण्डे र चिमारा मालिका बाल क्लबका अध्यक्ष धन प्रसाद न्यौपाने लगाएतको सभागिता रहेको थियो ।
जुम्ला दर्पण । ९ फाल्गुन २०८०, बुधबार १५:५९