जुम्लामा भिर बाट खसेर एक जनाको मृत्यु

प्रकाश बि.क

जुम्लाको तिला गाउँपालिकामा एक जनाको जंगलमा दाउरा ल्याउन जादा भिरबाट खरेर मृत्यु भएको छ।
तिला गाउँपालिका – २ लर्मी गाउँका ४० वर्षीय आसिमान रावतको जंगलमा दाउरा काट्न गएका बेला लडेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश बहादुर चन्दले दिएको जानकारी अनुसार शुक्रबार दिउँसो दाउरा ल्याउन भन्दै जंगल जानु भएका रावत मृत फेला परेका हुन।
‘दाउरा ल्याउन घरबाट बिहान निस्केका रावत राति अवेरसम्म पनि नफर्किदा स्थानीय खोजी गर्ने गएका थिए, ‘उनले भने, ‘स्थानीयले खोजी गर्दा पनि रावतलाई नभेटाए पछि प्रहरीलाई जानकारी गराएका थिए।
स्थानीयको सूचनाको आधारमा जंगलमा खोज्न जाँदा रावत मृत फेला पारेका थिए।
रावतको शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको र पोष्ट मार्टम पछि आफन्तको जिम्मा लगाइने उनको भनाइ छ।