जुम्ला ः आखिल (क्रान्तिकारी) केन्द्रिय सचिव तिर्सना हमाल जुम्लाबाट प्रदेश सभाको लागि समानुपातिकमा सिफारिस भएकी छन् । नेकपा (माओवादी केन्द्र) को तर्फबाट जुम्ला प्रदेश निर्वाचन क्षेत्र नम्बर (ख) बाट हमाल महिला समानुपातिकमा सिफारिसमा परेकी हुन् । सहिद भूमिगत परिवारबाट उदाएकी हमाल अखिलमा उदाउँदो नेताका रुपमा परिचित छिन् ।
जुम्लाको सामन्य परिवारबाट हुर्केकी हमाल पछिल्लो एक दशकदेखि विद्यार्थी राजनीतिमा सक्रिय छिन् । सामाजिक कार्यमा समेत रुचि राख्ने उनी महिला शसक्तिकरणको मुद्दामा समेत वकालत गर्दै आएकी छन् । शिक्षा , शुद्ध खानेपानी को विकास गर्न जनताका आधारभुत तथा अतिरिक्त आवश्यकता पूरा गर्दै समाजवाद हुँदै साम्यवाद यात्रामा जानको लागि युवाहरुको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ ।
जुम्ला दर्पण । २० भाद्र २०७९, सोमबार १५:१६