नेकपा एस जुम्लाको अध्यक्ष न्यौपाने चयन

जुम्ला : नेकपा एकीकृत समाजवादी पार्टी जुम्लाको अध्यक्षमा आदी प्रसाद न्यौपाने चयन भएका छन् । जिल्लामा आयोजित अगुवा कार्यकर्ता तथा जिल्ला भेलाबाट न्यौपाने अध्यक्षमा निर्विरोध अध्यक्षमा चयन भएका हुन् ।

यसअघि उनी पार्टीको सचिव थिए । कार्यकर्ता भेलाबाट उपाध्यक्षमा रतन बहादुर रोकाया,पदम बहादुर बुढा र सचिवमा शंख बहादुर रोकाया चयन भएका छन् । यस्तै उपसचिवमा टेक प्रसाद धिताल,मैना शाही चयन भएको अध्यक्ष न्यौपानेले बताए ।

नेकपा एकीकृत समाजवदी पार्टीका जम्ला ईन्चार्ज देविलाल थापाले नवनिर्वाचित पदाधिकारीलाई सपथ ग्रहण गराएका थिए । नवनिर्वाचित अध्यक्ष न्यौपानेका अनुसार अबको योजना संगठन विस्तार रहेको छ ।